Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

तपाइँ कुन समय नुहाउनु हुन्छ? नुहाउँदा ध्यान दिनुपर्ने ८ कुरा,जानिराखौ

तपाइँ कुन समय नुहाउनु हुन्छ? नुहाउँदा ध्यान दिनुपर्ने ८ कुरा,जानिराखौ

स्वस्थ रहनका लागि हरेक दिन नुहाउन जरुरी छ। दिनहुँ नुहाउने गर्दा शरीरमा फूर्ति आउँछ। सफासुग्घर रहनुका साथै विभिन्न किसिमका संक्रमण तथा रोगबाट पनि बच्न सकिन्छ। नुहाउँदा केही कुरा ध्यान दिन भने जरुरी छ। नत्र त्यसले शरीरमा थप हानी पुर्‍याउन सक्छ।

नुहाउँदा ध्यान दिनुपर्ने कुराहरु:गलत साबुनको प्रयोग नगर्ने,नुहाउनका लागि प्रयोग हुने साबुनमा तेल र क्लींजरको मात्रा हुनुपर्छ। गलत साबुनको प्रयोगले छालासँग सम्बन्धित समस्या नित्याउन सक्छ।सफा तौलियाको प्रयोग:नुहाउँदा प्रयोग हुने तौलिया पनि समयसमयमा धोइरहनुपर्छ। तौलियालाई दिनहुँ घाममा सुकाउनुपर्छ। हप्तामा कम्तीमा २ पटक तौलिया धुनुपर्छ। पहिल्यै चिसो चिसो वा भिजेको तौलिया प्रयोग गर्नु हुँदैन।

नुहाउनु अघि र पछि बाथरुमको भेन्टिलेसन खुला राख्ने:बाथरुममा नुहाउनु अघि र नुहाइसकेपछि अनिवार्य रुपमा झ्याल तथा भेन्टिलेसन खुला राख्नुपर्छ। बाथरुममा हावाको आवतजावत राम्रो हुनुपर्छ। अत्याधिक तातो पानी प्रयोग नगर्ने:खासगरी जाडो महिनामा नुहाउँदा तातो पानी प्रयोग गरिन्छ। तर, अत्याधिक तातो पानीले छालामा इन्फेक्सन हुने, छाला सुक्खा हुने जस्ता समस्या देखिन सक्छ।

कपालमा दैनिक स्याम्पु नगर्ने:दिनहु कपालमा स्याम्पु प्रयोग गर्नाले कपालको चमक हराउन सक्छ। कपाल सुक्खा हुने सम्भावना पनि हुन्छ। स्याम्पु प्रयोग गरेपछि कन्डिशनर पनि प्रयोग गर्न जरुरी छ।नुहाएपछि मोइस्चराइजर लगाउने:नुहाउने बित्तिकै शरीर सुक्खा हुन नदिन मोइस्चराइजर लगाउन अनिवार्य छ। यसले शरीर सुक्खा हुन दिँदैन।

यी ठाउँमा साबुन नलगाउने:काखी, कम्मर, पैतला, प्राइभेट पार्ट र अनुहारमा धेरै साबुन प्रयोग गर्नु हुँदैन।घाउ नछोप्ने:यदि शरीरमा कुनै घाउ वा चोटपटक लागेको छ भने नुहाउने समयमा छोप्नु हुँदैन। सानो चोटपटक छ भने नुहाउँदा खुलै छोडेर पछि पट्टी लगाउन सकिन्छ।