Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

वीरेन्द्रनगरमा कोभिड अस्पताल बन्दै

वीरेन्द्रनगरमा कोभिड अस्पताल बन्दै

सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कोभिड–१९ माहामारी सुरु भएसँगै अस्पताल बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने तयारी गरेको हो ।

बुधबार बसेको नगरस्तरिय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितीको बैठकले कटकुवा स्वास्थ्य चौकीलाई एक सय शैयाको ‘कोभिड अस्पताल’ बनाउने निर्णय गरेको छ । कोभिडको दोस्रो लहर सुरु भएसँगै राजधानी वीरेन्द्रनगरमा संक्रमणको जोखिम बढेकाले पूर्वतयारी स्वरुप ‘कोभिड अस्पताल’ बनाउँन लागिएको वीरेन्द्रनगरका उपप्रमुख मोहनमाया ढकालले जानकारी दिइन् ।

कर्णालीको प्रवेशद्धारको रुपमा रहेको वीरेन्द्रनगरमा कोभिडको जोखिम बढी छ । उपप्रमुख ढकालका अनुसार नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई कोभिड केन्द्रित गरेर तत्काल एक सय शैयाको आइसोलेसन अस्पताल निर्माण गरिनेछ । नगरपालिकाले वडास्तरिय कोभिड संकट समितिलाई समेत सक्रिय बनाई वडा तहमा विभिन्न क्रियाकलाप सञ्चालन गर्ने बताएको छ ।