Shares
Shares
९ वैशाख, काठमाडौं । करण केसीको आ*क्रामक ब्याटिङ अनी सोमपाल कामी र सन्दीप लामिछानेले समान ३ विकेट लिएपछि त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ ।
चारमध्ये तीन खेल जित्दै ६ अंक जोडेको नेपाल लिगको शीर्ष स्थानमा रहेर फाइनल पुगेको हो । नेपालले अब उपाधिका लागि शनिवार नेदरल्याण्ड्ससंग खेल्नेछ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य पछ्याएको मलेसिया १९.१ ओभरमा १४८ रनमै अलआउट भयो ।
नेपालका लागि सोमपाल कामी, कमल सिंह ऐरी र सन्दीप लामछानेले ३-३ विकेट लिए । सुशन भारीले १ विकेट लिए । करणले ४ ओभरमा २७ रन खर्चिए भने विकेट लिन सकेनन् ।
यो पनि पढ्नुहोस :भोटेकोसी गाँउपालिका वडा नम्वर २ स्थित तातोपानी आधारभुत विद्यालयको खेल मैदानमा बिहीबार भएको समूह ‘बी’ को खेलमा एपिएफले सुरुवाती सेट गुमाएपनि त्यसपछि तीन सेट आफ्नो पक्षमा पार्दै जित निकाल्दै समूह विजेताको रुपमा अन्तिम चारमा पुग्न सफल भएको हो । हारका बाबजुत पनि पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘बी’ मा दुई टोली मात्रै रहेका थिए ।
एपिएफले पहिलो सेट २२–२५ ले गुमाएको थियो । त्यसपछि पूनरागमन गरेको एपिएफले दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दे खेललाई १–१ सेटको बराबरीमा ल्याएका थिए । तेस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पार्दै जित नजिक पुगेको थियो । चौथो सेटमा २५–१५ को जित निकाल्दै एपिएफ समूह विजेता बन्न सफल भयो । एपिएफले अब समूह ‘ए’ को उपविजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।
समूह ‘ए’ मा होङ्गान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लब र विभागीय त्रिभुवन आर्मी क्लबले समान १ जित निकालेका छन् । आर्मीले समुहमा डायमन्डसँग हार बेहोरेको थियो । डायमन्डले ढोरपाटन ट्रेनिङ सेन्टरसँग खेल्दैछ ।
प्रतियोगितामा ५ टोलीले सहभागिता जनाएका छन् । सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ । समूह ए मा होङ्गान्जी न्यु डायमन्ड, त्रिभुवन आर्मी र ढोरपाटन ट्रेनिङ सेन्टर छन् । त्यस्तै समूह बी मा नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लब रहेका छन् । लिग चरणपछि शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
प्रतियोगिताको विजेताले ३ लाख, दोस्रो हुनेले २ लाख र तेस्रो हुनेले १ लाख उपाधिसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । चौथो हुने टोलीले ५० हजार प्राप्त पाउनेछ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधातर्फ उत्कृष्ट स्पाइकर, सर्भर, डिफेन्स, ब्लकर, सेन्टर र प्रशिक्षकले ७–७ हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याचले २ हजार पुरस्कार पाउनेछन् ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209