Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्पेनकी एक महिलाले पानीमुनि गरिन् कलात्मक डान्स ! ( हेर्नुहोस भिडियो )

स्पेनकी एक महिलाले पानीमुनि गरिन् कलात्मक डान्स ! ( हेर्नुहोस भिडियो )

स्पेनकी एक नृत्यांगनाले पानीमुनि कलात्मक डान्स गरेको भिडियो अहिले भाइरल बनिरहेको छ ।

महिलाको नाम एरियाड्ना हाफेज हो । उनी नृत्य निर्देशिका हुन् ।

भिडियो रोयटर्स समाचार संस्थाले शेयर गरेको हो । भिडियोमा उनी पानीभित्र नाचिरहेकी देखिन्छिन् । पानीभित्र पनि उनले किनै कलात्मक नृत्य देखाउँदा धेरैले विश्वास गर्न सकेका थिएनन् ।

नृत्यको भिडियो तीन मिनेटको छ र यसलाई फ्रान्सेली निर्देशक बास्टियन सोलेलले निर्देशन गरेका हुन् ।

एरियाड्नाले आफू अन्डरवाटर मोडल भएको बताइन् । पानीभित्र उनले विभिन्न पोज दिएकी छन् ।

मानिसहरूले यस्तो उम्दा नृत्य कहिले पनि नदेखेको बताए ।

भीडीओ :

https://twitter.com/i/status/1383467793799024642

यो पनि पड्नुहोस : फिल्म ‘गेम ओभर’ बन्ने

काठमाडौँ । फिल्म ‘गेम ओभर’ निर्माण हुने भएको छ । आर.एल फिल्मस् इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म आर.एल लामा मोक्तानले निर्देशन गर्न लागेका हुन् । लेखन समेत निर्देशक लामाकै रहने फिल्मका प्रस्तुतकर्ता खड्ग लामा मोक्तान हुन् । फिल्ममा बुद्धि तामाङ, धिरेन शाक्य, आर.एल लामा मुक्तान, कविता राय, सारदा गिरी, रामचन्द्र अधिकारी, सुरबिर पण्डित, मिलन श्रेष्ठ, जयकिसन बस्नेत, सुशिल पोखरेल, रमेश बस्नेत, बलराम धमलालगायतको अभिनय रहने छ ।

सोनम मोक्तान, लंकामाया मुक्तान, मिलन श्रेष्ठ र शेखर लामा निर्माता रहेको फिल्म बैशाखको अन्यबाट छायाँकनका लागि फ्लोरमा निस्कनेछ ।

मकवानपुर आसपासका स्थानमा छायाँकन हुने फिल्ममा रोशन श्रेष्ठको द्धन्द्ध, रामेश्वर हुमागाइँको छायाँकन, बिकास चौधरीको संगीत र रामजी लामिछानेको नृत्य रहनेछ ।

कुनैपनि खेल अधुरो छोड्नु हँुदैन भन्ने बिषय फिल्मको कथा रहेको निर्देशक मोक्तानले बताए । ‘फिल्ममा प्रेम कथा समेत रहनेछ’ मोक्तानले भने ‘कोरानाको समय कलाकार प्राविधिकका लागि केही राहात पुगोस् भनेर फिल्म गर्न लागेको हो ।’

मोक्तानको निर्देशक रहेको फिल्म ‘चोर पुलिस’ अहिले प्रदर्शनको तयारीमा रहको छ ।