नेपालमा तीव्र गतिमा कोरोना संक्रमण फैलिरहेको छ । अस्पतालहरूमा संक्रमितको चाप दिनहुँ बढ्दो छ । अस्पतालमा आईसीयू र भेन्टिलेटर भरिन थालेका छन् । यतिबेला अक्सिजन चाहिने बिरामी संख्या पनि बढ्दो छ ।
अचानक अक्सिजन आवश्यक परे के गर्ने भन्ने धेरैको मनमा लाग्न सक्छ । अस्पतालमा परिरहेको दबाबका कारण थुप्रै उपकरण अभाव हुने अवस्था छ ।
शरीरमा ९० प्रतिशतभन्दा कम अक्सिजन हुँदा सिलिन्डरको माध्यमबाट अक्सिजन दिनुपर्ने हुन्छ । भारतको डिपार्टमेन्टल अफ इन्टरनलका मेडिसिन एम्सका डाक्टर अमनदीप सिंह व्यक्तिको अवस्थाअनुसार अक्सिजन आवश्यक पर्ने बताउँछन् ।
सामान्य अवस्थामा सास फेर्न गाह्रो हुँदैमा अक्सिजन दिइहाल्नुपर्ने अवस्था नहुन सक्छ । उनी अक्सिमिटरका माध्यमबाट व्यक्तिको शरीरमा अक्सिजनको लेबल जाँच गरेपछि मात्र अक्सिजन दिनुपर्ने बताउँछन् ।
उनी भन्छन्, 'अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा बढी आवश्यक नपर्ने र ९० भन्दा कम भए अक्सिजन दिनुपर्छ ।'
६ मिनेटसम्म सामान्य रुपमा वाक गर्दा ३ प्वाइन्टभन्दा अक्सिजनको मात्रा कम भए सावधानी अपनाउनुपर्छ । पहिलो जाँचमा अक्सिजन लेबल ९८ छ र ६ मिनेटसम्म हिँड्दा गर्दा ९५ मा भर्यो भने सावधानी अपनाउनुपर्छ । यो फोक्सोको समस्या वा शरीरमा अक्सिजन कम भएको संकेत हुन सक्छ ।
अक्सिजन कम भएको अवस्थामा मानिसले घरमै पनि केही सावधानी अपनाउन सक्छ । इमरजेन्सीमा अक्सिजन कम भएको अवस्थामा पेटको सहयोगमा १-२ घन्टा सुत्नुपर्छ । यसो गर्दा अक्सिजनको लेबल बढ्छ ।