Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

हरियो केराउ को सेबन गर्ना ले यी रोग हरुबाट सजिलै छुटकारा पाउन सकिन्छ हेर्नुहोस

हरियो केराउ को सेबन गर्ना ले यी रोग हरुबाट सजिलै छुटकारा पाउन सकिन्छ हेर्नुहोस

मटर (केराउ) एउटा तरकारी अथवा दालको रूपमा खाइने दलहन (गेडागुडी) बाली हो। मटर एक तुषारो(सहने, शीतकालको पोषणयुक्त दाल जातीय सब्जी हो, जो विश्वभरि व्यापक मात्रामा उत्पादन गरिन्छ।

एक चिसो मौसमको बालीको रूपमा यो शीतोष्ण (मन्दताप) क्षेत्रमा धेरै मात्रामा उत्पादन गरिन्छ, तर उष्णकटिबन्ध (गर्मी क्षेत्र)(मा चिसो उच्च क्षेत्र र उप(उष्णकटिबन्धीय क्षेत्रमा ठण्डी महिनामा यो सीमित हुन्छ।

यो प्रोटिन (२५ प्रतिशत), एमिनो एसिड, चिनी (१२ प्रतिशत), कार्बोहाइड्रेट्स, भिटामिन ए र सी, क्यालसियम र फस्फोरसको सम्पन्न स्रोत हो। यसबाहेक, यसमा फलामको थोरै मात्रा हुन्छ। मटरमा अत्यधिक प्रोटिन हुने भएकोले यो सब्जीको निम्ति धेरै महत्त्वपूर्ण हुन्छ।

हरियो केराउ स्वाद, स्वास्थ्य र सौन्दर्यको अनौठो मिश्रण हो । त्यसैले हाम्रो दैनिक भोजन खाने समयमा केराउ पनि खादा यसका १० फाइदाहरु यस्ता छन् ।

हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।

महिनावारी गढबढी हुने समस्या तथा महिनावारीको समयमा हुने दुखाई कम गर्छ ।केराउमा भरपुर मात्रामा फाइबरको मात्रा हुनाले शरिरमा बोसो जम्न दिदैन जसको कारणले शरिरको मोटोपन कम गर्छ ।शरीरमा कुनै प्रकारको जलन हुदा केराउको लप लाएमा आराम मिल्छ ।

केराउमा भिटामिन सी पाइने हुदा हाम्रो शरीरलाई पाचन प्रक्रिया शक्ति बढाउनको लागि मद्त गर्दछ साथै पेटमा हुने क्यान्सरबाट पनि टाढै राख्दछ ।

हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै हड्डीलाई दह्रो बनाउन मद्दत पुर्याउछ । रियो केराउको सेवनले गर्दा मुटुलाई फाईदा पुर्याउने संगै कोलेष्ट्रोललाई समेत ब्यालेन्समा राख्न मद्दत पुर्याउनेछ ।

हरियो केराउमा एंटी अक्सिडेन्टले प्रतिराधात्मक क्षमता पनि बढाउँछ । केराउमा हुने फलाम तत्वको कारणले रक्तअल्पता हुने सम्भावना कम हुन्छ ।हरियो केराउलाई नियमित खाँदा लामो समयसम्म जवान देखिन मद्दत गर्छ र बढ्दो उमेरको असर चाँडो देखिदैन ।