Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

फाइनल पुग्ने लक्ष्यका साथ नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

फाइनल पुग्ने लक्ष्यका साथ नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

त्रिकोणात्मक अन्तराष्ट्रिय सिरिजमा आज घरेलु टोली नेपाल र नेदरल्याण्ड्स भिड्दैछन् ।

खेल दिउँसोको सवा एक बजेबाट किर्तीपुरस्थित त्रिवी मैदानमा हुनेछ । प्रतियोगितामा यी दुइको यो दोस्रो भेट हो । प्रतियोगिताको पहिलो भेटमा नेपालले नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको थियो । बलिङ, ब्याटिङ र फिल्डिङ सबैमा उत्कृष्ट प्रदशर्न गरेको नेपाल जारी सिरिजको एक मात्र अपराजित टिम हो । अघिल्ला खेलमा नेपालले शसक्त बलिङका साथै ब्याटिङमा पनि उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेदरल्याण्ड्सलाई पहिलो खेलमा हराउँदा नेपाल युवा ओपनरद्धय कुशल भुर्तेल र आसिफ सेखले एक सय १६ रनको बलियो साझेदारी गरि टिमलाई जिताएका थिए । यही टुर्नामेण्टबाट टि–ट्वान्टी अन्तराष्ट्रियमा डेब्यु गरेका कुशल र आसिफले दोस्रो खेलमा मेलिसियालाई ९ विकेटले हराउँदा एक सय ३ रनको शतकिय साझेदारी गरेका थिए ।

कुशलले नेपालका लागि लगातार दोेस्रो खेलमा अर्धशतक बनाउने किर्तीमान समेत राखेका छन् । आजबाट प्रतियोगिता बन्द रंगशालामा खेलाइनेछ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले कोभिड १९ बढ्दो जोखिमलाई ध्यानमा राखी भिडभाड नगर्न निर्देशन दिएको छ ।