Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

जिम नगइकनै मांसल देखाउन खोज्दै हुनुहुन्छ ?

जिम नगइकनै मांसल देखाउन खोज्दै हुनुहुन्छ ?

कोरोनाभाइरसका कारण लामो समय जिम बन्द भएर बल्ल खुलेका छन् । फेरि कोरोनाको कहर बढ्दै जाँदा जिम बन्द हुन सक्छन् ।

जिम गएर शारीरिक सुगठन गर्ने र मांसल देखिने चाहना भएकाहरूले अब त्यहाँ नगइकनै हृष्टपुष्ट शरीर देखाउन पाउने भएका छन् ।

चीनको अन्लाइन शपिङ वेबसाइट ताओबाओले स्मिट्जेन सिलिकोन बडी सुट बनाएको छ । त्यो लगाउँदा जिममा गएर शरीर बनाएको जस्तो देखिन्छ ।

यी कस्ट्युमहरू शरीरका सबै भागमा फिट हुने किसिमले बनाइएका छन् ।

यसको मूल्य १४ हजार ३९१ देखि ७२ हजार ४५४ रुपैयाँसम्म पर्छ । आकार र फ्रेमका आधारमा मूल्य निर्धारण हुन्छ ।

यसमा हातको नसा तथा चिटिक्क मिलेको गर्दनको हाड पनि बनाइएको छ । यो लगाएर हिँड्दा मानिसहरू शरीर देखेर मुग्ध हुने देखिन्छ ।