Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

तपाईलाइ नयाँ भेरियन्टको कोरोना लागेमा देखिने पाँच लक्षण बारे जान्नुहोस

तपाईलाइ नयाँ भेरियन्टको कोरोना लागेमा देखिने पाँच लक्षण बारे जान्नुहोस

नयाँ भेरियन्टको कोरोनाले यतिबेला विश्वलाई फेरि तहसनहस बनाएको छ। नयाँ भेरियन्टको कोरोना छिमेकी मुलुक भारत हुँदै नेपालसम्म आइपुगेको छ। जसका कारण पछिल्ला दिनहरुमा कोरोना संक्रमणको दर ह्वात्तै बढेको छ।

भारतमा प्रतिदिन लाख बढी कोरोना संक्रमित बढिरहेका छन् भने नेपालमा पनि संक्रमण दर अघिल्लो महिनाभन्दा आठ गुणा बढीसम्म देखिन थालेको छ। नयाँ भेरियन्ट कोरोना मूलत युके र ब्राजिलबाट आएको बताइन्छ। यहाँसम्म कि कोरोनाका डबल म्युटेन्ट भाइरस पनि संक्रमितहरुमा देखिन थालेका छन्।

नयाँ भेरियन्टको कोरोना संक्रमितहरुमा कस्ता लक्षण देखिएका छन्? आउनुस् यसबारे चर्चा गरौं।

स्वाँसप्रस्वासमा समस्या:अघिल्लो वर्ष देखिएको कोरोना भाइरसले पनि मानिसको स्वाँसप्रस्वासमा समस्या देखिएको थियो। तर नयाँ भेरियन्टको कोरोनामा स्वाँसप्रस्वासमा समस्या देखिनुका साथै छाति दुख्ने समस्या उत्पन्न हुने विज्ञहरु बताउँछन्।

अक्सिजन लेभलमा समस्या:नयाँ भेरियन्टको कोरोनाले मानिसले लिने अक्सिजन लेभलमा पनि समस्या उत्पन्न गराउँछ। कोरोना संक्रमित भएपछि संक्रमितको 'एयरब्याग'मा 'फ्लुड' भरिने हुँदा अक्सिजन लेभल घट्ने विज्ञहरु बताउँछन्।

दिमागमा असर:नयाँ भेरियन्टको कोरोनाले दिमागमा पनि असर गर्ने गरेको छ। जसका कारण संक्रमितहरुमा बेचैनी हुने, आलस्यता बढ्ने, दोधारपन हुनेलगायत रहेको विज्ञहरु बताउँछन्। कुनै सजिलो काम गर्न पनि अल्छी लागिरहेको छ भने कुनै शब्द बोल्न खोज्दा रोकावटजस्तो महसुस भइरहेको छ भने त्यो नयाँ भेरियन्टको कोरोना हुनसक्ने विज्ञहरुको दाबी छ।

छातीमा समस्या:छातीमा कुनै किसिमको दुखाइ छ भने त्यो कोरोना संक्रमणका कारण हुनसक्छ। किनकि नयाँ भेरियन्टको कोरोना भाइरसले छातिमा 'अट्याक्' गर्नेगरेको विज्ञहरु बताउँछन्।

ओठमा समस्या:नयाँ भेरियन्टको कोरोनाले ओठमा पनि संक्रमण फैलाउने गरेको छ। जसका कारण ओठ निलो हुने विज्ञहरु बताउँछन्। मूलतः यो अक्सिजनको कमीले हुने विज्ञहरुको दाबी छ। यसलाई मेडिकल भाषामा हाइपोक्सिया पनि भनिन्छ।