Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेस्सी ले गरे पचास हजार डोज कोरोना खोप सहयोग

मेस्सी ले गरे पचास हजार डोज कोरोना खोप सहयोग

अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान लियोनल मेस्सीले कोपा अमेरिको पूर्वसन्ध्यामा दक्षिण अमेरिकी फुटबल संघलाई ५० हजार डोज कोरोना खोप सहयोग गरेका छन् ।गार्डीयनका अनुसार मेस्सीले तीन हस्ताक्षरित बार्सिलोना शर्ट प्रदान गरेपछि चिनियाँ औषधि कम्पनी सिनोवाकसँग सम्झौता भएको थियो।दक्षिण अमेरिकी फुटबल संघका अफिसियल गोन्जाले बेलोसोले ट्वीटरमा मेस्सीको हस्ताक्षर भएको सर्टको तस्बिर सार्वजनिक गर्दै सम्झौताको खुलासा गरेका हुन्।दक्षिण अमेरिकी फुटबल संघ, कोन्मेबोलले कोलम्बिया र अर्जेन्टिनामा आयोजना हुने शोपीसका

लागि महादेशका धेरै खेलाडीहरूलाई खोप दिने योजना गरिरहेको छ।

यो पनि पढ्नु होस:च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा स्पेनिस क्लब रियाल मड्रिडसँग इग्लिस क्लब चेल्सी भिड्ने छ ।

इग्लिस च्याम्पियन लिभरपुललाई पाखा लगाउँदै रियाल मड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । विहीबार बिहान सम्पन्न खेलमा लिभरपुलले रियालसँग गोलरहित बराबरीमा रोकिएको थियो । बराबरीमा रोकिएसँगै रियाल मड्रिड सेमिफाइनलमा पुगेको हो ।

आफ्नौ मैदानमा भएको पहिलो लेगको खेलमा रियाल मड्रिडले लिभरपुललाई ३–१ ले हराएको थियो । गएराति भएको अर्को खेलमा जर्मनीको बोरुसिया डटर्मण्डलाई २–१ ले हराएको म्यान्चेस्टर सिटी पनि सेमिफाइनलमा पुगेको छ ।

आफ्नै मैदानमा भएको पहिलो लेगको खेल पनि २–१ ले नैं जितेको म्यान सिटीले समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पारेको हो ।