Shares
Shares
इन्डियन प्रिमियर लीग (आईपीएल) मा बुधवार रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादलाई ६ रनले पराजित गरेको छ ।
बैंगलोरका कप्तान विराट कोहलीले ३३ रन बनाए । राम्रो शुरूआत गरेको भए पनि ठूलो स्कोर बनाउनबाट कोहली चुके ।
निराशा र आक्रोशका कारण कोहलीले डगआउटमा कुर्सीलाई ब्याटले बेस्सरी हिर्काए ।
उनले कुर्सीमा आक्रोश पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।
हैदराबादले म्याच जित्ने लक्षण देखाएको भए पनि अन्तिममा ऊ लक्ष्यबाट टाढै रह्यो ।
यो पनि हेर्नुहोस :
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै :
देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने भएको छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ क्याप्सुल जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना भाइरस (कोभिड—१९) संक्रमणको उच्च जोखिम रहेकोले स्वास्थ्य सुरक्षा अपनाएर घर नजिकैको वितरण केन्द्रबाट राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
भिटामिन ‘ए’ वितरण केन्द्रमा यसरी स्वास्थ्य सुरक्षा अपनाऔं
—वितरण केन्द्रमा भिडभाड नगर्ने ।
—कम्तिमा दुई मिटरको भौतिक दुरी कायम गर्ने ।
—आफनो र बालबालिकाको सुरक्षाको लागि अनिवार्य रुपमा मास्कको सही तरिकाले प्रयोग गर्ने ।
—साबुनपानीले हात धुने वा सेनिटाइजरले हात सफा गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ ।
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209