Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ललितपुर मेयर कप को उपाधि एपीएफलाई

ललितपुर मेयर कप को उपाधि एपीएफलाई

काठमाडौं: ललितपर मेयर वुमन्स च्याम्पियनसिपको उपाधि विभागीय टोली एपीएफले जितेको छ। आज सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले हराउँदै एपीएफले उपाधि जितेको हो।कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको एपीएफले १६.२ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्‍यो सुरुवाती ब्याटिङ गरेको सदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक अभिजित ४४ रन बनाउँदा डोली भट्टले १४ र रेवती धामीले १० रन जोडिन्। बलिङतर्फ एपीएफका रेखा रावल, करुणा भण्डारी, सुस्मा श्रेष्ठ, सीता राना मगर र बिनु बुढाले समान १/१ विकेट लिए।जवाफी ब्याटिङमा उत्रिएको एपीएफका लागि ज्योति पाण्डेले सर्वाधिक ३६ रन बनाउँदा कप्तान सीता राना मगरले २७ रन जोडिन्। त्यस्तै इन्दु बर्मा १९ रनमा अभिजित रहँदा ममता चौधरी १५ रनमा अभिजित रहिन्। विजेत एपीएफले ३ लाख र उपविजेता सुदूरपश्चिमले १ लाख ५० हजार हात पार्नेछन्।