फिल्म ह्यारी पोटरका चर्चित अभिनेता पल रिटरको नि*धन भएको छ । ५४ वर्षका रिटरको ब्रेन ट्युमरबाट नि*धन भएको हो । फिल्म स्टार तथा फ्यानले उनको नि*धनप्रति शोक ब्यक्त गरेका छन् । रिटरको नि*धनको पुष्टि उनका एजेन्टले गरेका हुन् । एजेन्टले रिटरको नि*धन उनका घर परिवारको अगाडि भएको बताएका छन् ।
रिटरले आफ्नो करियरको दौरानमा कयौँ सुपरहिट फिल्ममा काम गरेका छन् । ह्यारी पोटरमा उनले निर्बाह गरेको भूमिकालाई दर्शकले मनपराएका थिए । उनलाई ब्रिटिश सिटकोम ‘फ्राइडे नाइट डिनर’का कारणले समेत चिन्ने गरिन्छ । यसका अलवा उनका धेरै फिल्म समेत रहेका छन् ।