काठमाडौं : कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज कुवेतसँग प्रतिस्पर्धा गर्दैछ । खेल भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला नेपाल र कुवेतबीचको खेल नेपाली समय अनुसार पौने ३ बजे सुरु हुनेछ ।
नेपालको दशरथ रंगशाला अन्तर्रा्ष्ट्रिय मापदण्ड अनुसार नबनेपछि नेपाल र कुवेतबीचको खेल भुटानमा हुन लागेको हो । बलियो कुवेतविरुद्ध मैदान उत्रदा नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनामा नेपाल छ ।
छनोटको समूह बी मा नेपाल समूहको चौंथो स्थानमा छ । छनोटको सबै अवे खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अंक जोडेको छ । कुवेत ७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।