Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरले चौंथो स्वयंभू रन प्रतियोगिता गर्दै

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टरले चौंथो स्वयंभू रन प्रतियोगिता गर्दै

काठमाडौं । स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लबले चौंथो स्वयंभू रन एथलेटिक्स प्रतियोगिताको आयोजना गर्ने भएको छ । ‘स्वस्थ रहनको लागि दौड’ नारा दिइएको प्रतियोगिता आगामि चैत्र २८ गते काठमाडौंको स्वयंभू स्थित भुईखेलमा आयोजना गरिने क्लबले जनाएको छ । ५ किलोमिटर दुरीको खुल्ला दौड प्रतियोगितामा महिला र पुरुष गरी करिव ३ सय प्रतियोगिहरुले सहभागीता जनाउने क्लबका अध्यक्ष तथा प्रशिक्षक रमेश सुनारले बताए ।

स्वयंभु एथलेटिक्स ट्रेनिङ्ग सेन्टर क्लब मिति २०७६ साल भाद्र ६ गते देखि औपचारिक रुपमा स्थापना भई स्वयंभु क्षेत्रमा एथलेटिक्स खेल र अन्य विभिन्न खेलकुद गतिविधिहरु सञ्चालन गर्दै आइरहेको क्लबका उपाध्यक्ष श्रीकृष्णा महर्जनले जानकारी दिए । यसअघि क्लबले तेस्रो संस्करणका प्रतियोगिता समपन्न गरिसकेको छ । नेपाली खेलकुद क्षेत्र र विशेषत एथलेटिक्स खेलको विकास विस्तारका लागि विभिन्न कार्यक्रम गर्ने मुल उद्देश्य बोकेर क्लबले आफ्ना प्रशिक्षण तथा खेल कार्यक्रमका गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । र कोरोनाको जोखिम लाइ मध्यनाजर गरी सामाजिक दुरी कायम गर्दै स्वस्थ रहनको लागि दौड’भन्ने नारा लिई कार्यक्रम सम्पन्न गर्ने उद्देश्य रहेको जानकारी क्लबका प्रशिक्षक तथा माहासचिव शैलेन्द्र मान श्रेष्ठ ले जानकारी दिए ।