Jul 29 2026 | २०८३, श्रावण १३ गते

Jul 29 2026 | २०८३, श्रावण १३ गते

चारजना खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टिमबाट हटाइयो

चारजना खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टिमबाट हटाइयो

काठमाडौँ – अखिल नेपाल फुबटल संघ (एन्फा)ले चारजना खेलाडीलाई अनुशासनहीन काम गरेको भन्दै नेपाली राष्ट्रिय टिमबाट हटाएको छ ।

शुक्रबार मध्यरातमा ठमेलका विभिन्न क्लबमा भेटिएका विमल घर्तीमगर, अन्जन विष्ट, सन्तोष तामाङ र दिनेश राजवंशीलाई अनुशासनको कारबाही गर्दै राष्ट्रिय टिमबाट हटाइएको एन्फाले जनाएको छ ।

अनुशासनको कारबाहीमा परेका चारैजना खेलाडी विश्वकप छनोट अन्तगर्त कुवेत विरुद्ध थिम्पुमा हुने प्रतिस्पर्धाका लागि भुटानको यात्रा गर्न पाउने छैनन् ।

उनीहरुको ठाउँमा वैकल्पिक खेलाडीलाई अवसर दिइने एन्फाले जनाएको छ ।

यसअघि पोखरामा पाकिस्तानसँगको मैत्रीपूर्ण खेलको अघिल्लो राति दिवस श्रेष्ठसहितका खेलाडीलाई पनि अनुशासनको कारबाही गरिएको थियो ।