Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले मंगलबार बंगलादेशसँग भिड्दै !!

मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले मंगलबार बंगलादेशसँग भिड्दै !!

काठमाडौँ- मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलमा नेपालले मंगलबार बंगलादेशसँग खेल्दै छ। नेपाली समयअनुसार पौने ५ बजे बंगलादेशको बंगबन्धु रंगशालामा खेल सुरु हुने छ।

यसअघि पहिलो मैत्रिपुर्ण खेलमा नेपाल २-० गोलले पराजित भएको थियो। कोरोना भाइरसको विश्वव्यापी महामारीबीच अन्तर्राष्ट्रिय फुटबलमा फर्कन दुवै टोलीले दुई वटा मैत्रिपुर्ण खेल खेलेका हुन्।

नेपालले पछिल्ला पाँच अन्तर्राष्ट्रिय खेल लगातार हारेको छ। यी खेलमा नेपालले एक गोल पनि गर्न सकेको छैन भने १४ गोल ब्यहोरेको छ। नेपालले अन्तिमपटक चाइनिज ताइपेईलाई हराएको थियो, गत वर्षको सेप्टेम्बरमा भएको विश्वकप छनोटको खेलमा।