Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण!!

हाजार्ड र क्यासेमिरोलाई कोरोना संक्रमण!!

स्पेनिस क्लबले शनिबार विज्ञप्ति जारी गर्दै हाजार्ड र क्यसेमिरोलाई संक्रमण भएको पुष्टि गरेको हो । क्लबका अन्य खेलाडी र कर्मचारी सदस्यको भने रिपोर्ट नेगेटिभ आएको जनाएको छ । अघिल्लो दिन गरिएको परिक्षणमा हाजार्ड र क्यासेमिरोमा पोजेटिभ देखिएपछि आज विहान भएको परिक्षणमा यी दुई बाहेक सबैको रिपोर्ट नेगेटिभ नै आएको छ ।

मंगलबार भएको खेलमा इन्टर मिलानलाई ३-२ ले पराजित गरेको रियल लिग खेलको तयारीमा रहेको थियो । रियलले आइतबार हुने खेलमा भ्यालेन्सियाको सामना गर्ने तालिका रहेको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको म्याड्रिड टोली सोसीडाडभन्दा १ अंकले पछाडी छ ।

लामो समय चोटका कारण बाहिर रहेका विंगर हाजार्ड बिस्तारै लय समात्ने संकेत दिइरहेको अवस्थामा कोरोना संक्रमणका कारण अब केहि समय मैदानबाहिर रहने भएका छन् । जिदानलाई उनको स्थानमा खेलाउन पर्याप्त विकल्प छन् । क्यासेमिरोको विकल्पमा भने उचित खेलाडी नरहेकाले टोलीलाई केहि असर पर्न सक्छ ।

लिगमा भ्यालेन्सियाको सामना गरेपछि अन्तर्राष्ट्रिय ब्रेक भएकाले पनि म्याड्रिडलाई खासै असर पर्ने देखिन्न । हाजार्डले बेल्जियम र क्यसेमिरोले ब्राजिलबाट यस पटकको खेलहरु भने गुमाउने सम्भावना छ ।