म्याराडोनाले केही दिन अघि मात्रै आफ्नो ६०औं जन्मदिन मनाएका थिए । उनले आफ्नो टोली गिमनासिया ला प्लाटालाई ३० अक्टोवरमा प्यात्रोनाटोविरुद्धको खेलमा ३–० को जित दिलाएका थिए । यद्दपि उनले आफुलाई अस्वस्थ महसुस गर्दै चाँडै नै टचलाईन छाडेका थिए ।
इएसपिएनका अनुसार म्याराडोनाको अवस्था राम्रो देखिदैनथ्यो र केही उदास थिए । सोही कारण पनि उनी अस्पताल भर्ना हुन पुगेका हुन् । म्याराडोनाको निजी चिकित्सक डाक्टर लियोपोल्डो लुकले उनको अवस्था गम्भिर नरहेको र उनको स्वास्थ्यबारे तत्कालै जानकारी दिने उल्लेख गरिएको छ ।
आफ्नो ६०औं जन्मदिनको अवसरमा अस्वभाविक खानपिनका कारण उनको स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने आँकलन गरिएको छ । म्याराडोनाको जन्मदिनमा उनलाई क्रिस्टियानो रोनाल्डोदेखि पेलेसम्मका स्टारले शुभकामना दिएका थिए ।