Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

चर्चित युवा खेलाडी एम्बाप्पेमा पनि कोरोना संक्रमण पुष्टी!!

चर्चित युवा खेलाडी एम्बाप्पेमा पनि कोरोना संक्रमण पुष्टी!!

फ्रान्स फुटबल फेडेरेसन (एफएफएफ) का अनुसार अन्तर्राष्ट्रिय ड्युटीमै रहँदा उनमा सोमबार कोरोना पुष्टि भएको हो । कोरोना पुष्टि भएसँगै उनले राष्ट्रिय टोलीको क्याम्प छोड्दै सेल्फ आइसोलेसनमा गइसकेका छन् । यसअघि गरिएको परिक्षणमा भने उनको नतिजा नेगेटिभ आएको थियो ।

फ्रान्स फुटबलका अनुसार २१ वर्षीय एमबाप्पे कोरोना पुष्टि हुने पीएसजीको पछिल्लो खेलाडी हुन् । यसअघि पीएसजीका नेयमार, मोउरो इकार्डी, एन्जल डि मारिया, लियान्द्रो पाराडेस, केलर नाभास र मार्किन्हसलाई कोरोना पुष्टि भइसकेको छ ।

नेसन्स लिग अन्तरगत शनिबार राति स्वीडेनविरुद्धको खेलमा एमबाप्पेले पहिलो रोजाईमा खेल्दै उनकै गोलमा १–० को जित निकालेको थियो ।कोरोना पुष्टि भएसँगै एमबाप्पेले आज राति (मंगलबार) घरेलु मैदानमा हुने क्राएसियाविरुद्धको खेलका साथै फ्रेन्च लिग वानको लेन्स र मार्सेलीविरुद्धको खेल गुमाउने पक्का भएका छन् ‌।

यद्यपि फ्रान्सेली लिगले एकै टोलीका ४ भन्दा बढी खेलाडी संक्रमित भए खेल स्थगित गर्न सक्ने जनाएको छ । पिएसजीको खेलबारे संघले चाँडै निर्णय गर्नेछ ।