Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेयमार र डी मारिया सहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण!!

नेयमार र डी मारिया सहित पीएसजीका तीन खेलाडीलाई कोरोना संक्रमण!!

पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिलियन स्टार नेयमारसहित तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ।

क्लवले खेलाडीको नाम सार्वजनिक नगरे पनि फ्रान्सेली समाचार संस्था (एएफपी) ले क्लब स्रोतलाई उदृत गर्दै नेयमारसहित अर्जेन्टिनी मिडफिल्डरद्वय एन्जल डी मारिया र लिआन्ड्रो पारेडेसलाई कोरोना संक्रमण भएको बताएको हो।नेयमार, डी मारिया र पारेडेससँगै अन्य खेलाडी स्पेनको इबिजा बिचमा छुट्टी मनाउन गएका थिए।

फ्रान्सेली लिगको नियम अनुसार अब पीएसजीको लिग खेल पनि स्थगित हुने सम्भावना बढेको छ। लिगको नियम अनुसार ८ दिनको अन्तरमा ४ भन्दा बढी खेलाडीमा कोरोना संक्रमण देखिए खेल स्थगित गर्नुपर्ने छ।

भर्खरै च्याम्पियन्स लिग खेलेका कारण पीएसजीको सिजनको पहिलो खेल सेप्टेम्बर १० लाई सारिएको थियो। पीएसजीले लेन्ससँग खेल्दै फ्रेन्च लिग वानको सुरुवात गर्ने तालिका छ।