Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

धोनीले लिए अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । भारतका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । उनले सबै फ्याम्याटको अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका हुन् ।

उनले इन्स्टाग्राममा सन्देश लेख्दै सबैलाई धन्यावाद भनेका छन् । सन् २००७ मा भारतबाट कप्तानी गरेका उनले सन् २०१९ को विश्वकपपछि अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छैनन् ।

धोनीले ३० डिसेम्बर २०१४ मा टेष्ट कप्तान र जनवरी २०१७ मा ओडीआई कप्तानी छाडेका थिए ।

अब धोनीले भारतीय क्रिकेट टिमबाट खेलेको देख्न पाइने छैन । तर धोनीले आईपीएल भने खेल्ने छन् ।

टेस्ट क्रिकेटबाट धोनीले यसअघि नै सन्न्यास लिने घोषणा गरेका थिए ।