Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

लियोनल मेस्स:"रोनाल्डो मेरो टोलीमा भए मैले उनलाई गोल हान्न पास दिन्थे"

लियोनल मेस्स:"रोनाल्डो मेरो टोलीमा भए मैले उनलाई गोल हान्न पास दिन्थे"

फुटबल स्टार लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको च्याम्पियन्स लिग यात्रा यसपटकलाई समाप्त भएको छ।

मेस्सीको च्याम्पियन्स लिग यात्रा क्वार्टर फाइनलमा सकिएको हो भने रोनाल्डोको यात्र प्रि–क्वार्टर फाइनलबाटै टुंगिएको थियो।

गतहप्ता जब रोनाल्डोको टोली युभेन्टस लियोन क्लबसँग च्याम्पियन्स लिगमा अवे गोलका कारण पराजित भयो त्यसयता रोनाल्डोले क्लब छाड्ने हल्ला चलिरहेको छ।

रोनाल्डोको मूल्य बढी भएकाले उनलाई युभेन्टसले बढी तलबमा राख्न नसक्ने समाचारहरु सार्वजनिक भएका छन्। युभेन्ट्सले रोनाल्डोलाई बार्साको लागि सेलमा राखेको पनि जनाइएको छ।

यसबीचमा स्पेनिस खेल पत्रिका मुन्डो डिपोर्टिभोले मेस्सीलाई रोनाल्डो सम्बन्धी प्रश्न गरेको छ।

डिपोटिर्भोले मेस्सीलाई एकै टोलीबाट खेलिरहेको भए के तपाइँले रोनाल्डोलाई गोलहान्न पास दिनुहुन्थ्यो? भनेर प्रश्नगर्दा मेस्सीले भनेका छन्,‘मलाई लाग्छ मैले पास दिन्थे।’

मेस्सीले खेलमा एक खेलाडीभन्दा पुरा टोली नै सक्रिय भए खेल जित्न सजिलो हुने बताएका छन्। मेस्सीले शुक्रबारको खेल अगाडि नै पत्रिकासँग आफ्नो विचार राखेका थिए। एजेन्सी