Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

मेस्सीलाई हराउँदा मज्जा लाग्यो!!

मेस्सीलाई हराउँदा मज्जा लाग्यो!!

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार क्वाटरफाइनल चरणको खेलमा जर्मन क्लब बायर्न म्युनिखले क्याटलान क्लब बार्सिलोनालाई ८-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गर्यो ।

खेलपछि मिक्स्ड जोनमा पत्रकारले जर्मन मिडफिल्डर लिओन गोरेट्जकालाई, ‘मेस्सी सम्भवत बाल्यकालमा आदर्श खेलाडी थिए होलान्, उनलाई यस्तो लज्जास्पद हार चखाउँदा केहि दुख लागेन?‘ भनेर प्रश्न गरेका थिए । उक्त प्रश्नमा गोरेट्जकाले यस्तो उत्तर दिए, ‘ छैन, दुख लागेको छैन, बरु रमाइलो लागिरहेको छ ।’

गोरेट्जकाले बार्सिलोनाविरुद्ध नतिजाले टोलीको मनोबल उच्च भएपनि अझै मुख्य खेलहरुमा ध्यान दिनुपर्ने बताए । ‘खेल सकिनेबितिक्कै यसबारे बोल्न केहि कठिन हुन्छ । हामीलाई यस खेलको नतिजा पूर्ण रुपमा बुझ्न केहि दिन लाग्नेछ,’ उनले भने, ‘हाम्रो मनोबल उच्च छ । अहिले हामीले अन्तिम तीन कदममध्य एक कदम अगाडि बढेका छौं । अझै महत्त्वपूर्ण पाटो बाँकी नै छ ।’

अर्का मिडफिल्डर थोमस मुलरले बार्सिलोनाविरुद्ध फराकिलो जित पाएपनि अर्काे खेल शून्यबाटै सुरु हुने बताएका छन् । ‘यो जित उत्कृष्ट छ । तपाईले यो कस्तो महसुस हुन्छ कल्पना गर्न सक्नुहुन्छ । यो खेल हाम्रो लागि विशेष बन्यो । तर, हामी यो खेलबाट रिकभर हुनुपर्दछ,’ मुलरले भने, ‘यो ठुलो कथन हो । तर, अर्काे खेल शून्यबाटै शुरु हुन्छ । यो फराकिलो जितले केही फरक पार्देन । मलाई थाहा छ । अन्य टोलीले पनि हाम्रा खेल हेरेका छन् । फाइनल पुग्न हामीलाई अर्काे खेल जित्नुपर्नेछ ।’

खेलमा म्यान अफ दि म्याच घोषित मुलरले खेलपछि ब्राजिलसँगको खेलभन्दा यो खेलमा पाएको जित विशेष रहेको बताएका हुन् । ‘२०१४ मा ब्राजिलविरुद्धको खेलमा जस्तो नियन्त्रण कहिल्यै थिएन । यस्तो कहिलेकाँही हुन्छ । तर, यसको कुरा नगरौ । आजको कुरा गरौं । यो एक विशेष रात थियो । नतिजा र हामीले खेल्ने तरिका विशेष थियो,’ ३० वर्षे मुलरले भने ।

‘सबभन्दा राम्रो कुरा के भने सब्सिच्युटबाट आएका खेलाडी