Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पिके बार्सिलोना छोड्ने सोचमा!!त्यस क्लबमा नखेल्ने उनको भनाई

पिके बार्सिलोना छोड्ने सोचमा!!त्यस क्लबमा नखेल्ने उनको भनाई

शुक्रबार राति बार्यन म्युनिखसँग ८–२ गोल अन्तरले पराजित हुँदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

क्वार्टर फाइनलको लज्जास्पद हारसँगै बार्सिलोनाका डिफेन्डर जिरार्ड पिकेले आफ्नो टोलीको हार स्वीकार गर्दै विभिन्न विषयमा प्रतिक्रिया दिएका छन्।

पिकेले खेलपछि भनेका छन्,‘यो भयानक खेल थियो। यस्तो खराब तरिकाले प्रतिस्पर्धा गर्न सकिँदैन।’

यस्तो अवस्था बार्सिलोनाले धेरैपटक अनुभव गरेकाले यस विषयमा सबैले आत्मलोचना गर्नुपर्ने उनको भनाइ छ।

‘क्लबमा परिवर्तनको आवश्यकता छ। मैले प्रशिक्षक र खेलाडीको कुरा गरिरहेको छैन। म कसैलाई दोष दिन चाहन्न’ उनी भन्छन्,‘क्लबमा सबै किसिमको परिवर्तन आवश्यक छ किनभने हामीले यस्तो अवस्था धेरैपटक भोगेका छौं।’

पिकेले क्लबमा परिवर्तनको खाँचो औल्याउँदै क्लबबाट बाहिरिने पहिलो खेलाडी आफू हुने पनि बताएका छन्।

उनी भन्छन्,‘हामीले क्लबको हितको लागि सोच्नुपर्छ। नयाँ खेलाडी परिवर्तन गरिनुपर्ने भए पहिलो व्यक्ति म हुनेछु जसले क्लब छाड्नेछ।’ मार्का