Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिड्दै !

बार्सिलोना र बायर्न म्युनिख च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भिड्दै !

च्याम्पियन्स लिगको बहु प्रतीक्षित खेलमा शुक्रबार दुई ठूला क्लबहरू एक अर्काविरुद्ध मैदानमा उत्रिँदै छन् ।स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिगको तेस्रो क्वार्टर फाइनलमा एक अर्काको सामना गर्न लागेका हुन । खेल पोर्चुगलको स्टाडियो डि लुजमा नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ ।उपाधि दाबेदारका रूपमा रहेका दुई टोलीको भेट क्वार्टर फाइनलमा नै हुँदा खेल निकै रोमाञ्चक हुने सबैको अनुमान छ ।

बार्सिलोना तथा म्युनिख एक अर्कासँग भिड्दा दुवैको लक्ष्य छैटौं च्याम्पियन्स लिग उपाधि हुनेछ । दुवै टोली आजको खेलमा जित निकाल्दै उपाधि यात्रालाई जारी राख्न चाहन्छन् । आजसम्म यी दुई क्लबले ५–५ पटक च्याम्पियन्सको उपाधि उचालेका छन् । बार्सिलोनाले पछिल्लो पटक २०१४–१५ सिजनको उपाधि हात पार्दा बार्यनले पछिल्लो पटक २०१२–१३ सिजनको उपाधि हात पारेको थियो ।

पछिल्लो समय तुलनात्मक रुपमा कमजोर प्रदर्शन गरेको बार्सिलोनालाई उत्कृष्ट लयमा रहेको बायर्नलाई रोक्न त्यति सहज हुनेछैन ।तथ्यांकमा हेर्दा पनि बार्सिलोनाभन्दा बायर्न बार्सिलोना भन्दा बलियो देखिन्छ यी दुई टोली हालसम्म १० खेलमा आमने–सामने हुँदा बार्यन ६ खेलमा विजयी भएको । बार्सिलोनाले २ खेलमा जित हात पार्दा २ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो पटक यी दुई बीचको भेट २०१४–२०१५ को च्याम्पियन्स लिगको सेमिफाइनलमा भएको थियो । जसमा बार्सिलोना समग्रमा ५–३ को जित निकाल्दै फाइनल प्रवेश गरको थियो ।बायर्नलाई बार्सिलोनाका कप्तान लियोनल मेसीको डर हुँदा बार्सिलोनालाई पछिल्लो समय उत्कृष्ट लयमा रहेका रोवर्ट लोवान्डोस्कीलाई रोक्न कठिन हुनसक्छ ।

मेसीलाई लुइस स्वारेज, एन्टोइन ग्रिजमन जस्ता खेलाडीको साथ हुँदा लेवान्डोस्कीलाई थोमस मुलर, फिलिपे कउटिन्हो जस्ता खेलाडीको साथ हुनेछ । बार्सिलोना फ्रेन्च क्लब लियोनलाई समग्रमा ४–२ ले पराजित गर्दै क्वार्टर फाइनल प्रवेश गरेको हो भने बार्यन इङ्ग्लिस क्लब चेल्सी माथि सामग्रमा ७–१ को सानदार जित हात पार्दै क्वार्टर फाइनल प्रवेश गरेको हो ।