Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बार्सिलोना आफ्नो क्लब रोनाल्डोलाई भित्र्याउने प्रयासमा !!

बार्सिलोना आफ्नो क्लब रोनाल्डोलाई भित्र्याउने प्रयासमा !!

स्पेनका फुटबल पत्रकार गुइलेम बालागेले बार्सिलोनाले क्रिस्टियानो रोनाल्डोलाई भित्र्याउन चाहेको बताएका छन्।

बार्सिलोनासहित युरोपका ठुला क्लबहरुले मोटो रकमसहित रोनाल्डोलाई भित्र्याउन उनी आबद्ध इटालियन सिरि ए क्बल युभेन्ट्ससँग प्रस्ताव राखेको बालागेको दावी छ।

रोनाल्डोले दुई सिजनअघि ला लिगा क्लब रियल म्याड्रिड छाडेका थिए। युभेन्ट्समा उनले दुवै सिजन घरेलु लिग जितेपनि क्लबको अपेक्षाअनुसारको सफलता हात पार्न सकेका छैनन्।

युरोपियन च्याम्पियन्स लिगका पछिल्ला दुई सिजन युभेन्ट्स क्वार्टरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन।

फाइभ लाइभ स्पोर्टसँगको कुराकानीमा ५१ वर्षीय बालागेले भनेका छन्, ‘ रोनाल्डोलाई जो कोहीले पनि भित्र्याउन चाहन्छ, बार्सिलोनासहित। तर मलाई थाहा छैन, रोनाल्डोले गर्ने आम्दानीलाई धान्न सक्ने गरि उनलाई भित्र्याउन सक्छन् सक्दैनन् क्लबहरु। त्यत्रो पैसा कसले खर्च गर्न सक्छ।’

बार्सिलोनाका लियोनल मेस्सी र रोनाल्डोले पछिल्लो १२ वर्षयता विश्व क्लब फुटबलमा राज गरिरहेका छन्। साच्ची नै बार्सिलोनामा रोनाल्डो भित्रिए त्यो रोचक बन्ने छ।

कोरोना भाइरसको महामारीका कारण बार्सिलोना आर्थिक संकटमा रहेको बताइन्छ। ला लिगामा यो सिजन उपविजेतामा सिमित भएपछि बार्सिलोनालाई च्याम्पियन रियल म्याड्रिडसँगको दुरी कम गर्ने दबाब छ।