Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सोमबार खेलाडीमा गरिएको कोरोना परीक्षणको रिपाेर्ट यस्तो

सोमबार खेलाडीमा गरिएको कोरोना परीक्षणको रिपाेर्ट यस्तो

काठमाडौं। बन्द प्रशिक्षणमा सोमबार कोभिड-१९ परीक्षण गरिएका राष्ट्रिय फुटबल टीमका खेलाडी, प्रशिक्षक तथा कर्मचारीको नतिजा नगेटिभ आएको छ।

सोमबार राष्ट्रिय टीमका ११ खेलाडीसहित प्रशिक्षक किरण श्रेष्ठ र फिजियो आविष्कार पुडासैनी र एन्फा होस्टेलका कर्मचारीको स्वाब कोभिड-१९ परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।

ती सबैको नतिजा नेगेटिभ आएको राष्ट्रिय फुटबल टीमका व्यवस्थापक मधुसुधन उपाध्यायले बताए।

११ खेलाडीमा रञ्जित धिमाल, मिक्छेन तामाङ, विशाल राई, रविशंकर पासवान, दर्शन गुरूङ, विमल राना, दीप कार्की, दिलेन लोप्ताङ, छिरिङ गुरुङ, देवेन्द्र तामाङ र पुजन उपरकोटी थिए। बाँकी खेलाडीको नतिजा बिहीबार आउने व्यवस्थापक उपाध्यायले बताए।

फिफा विश्वकप २०२२ र एएफसी एशियन कप २०२३ को छनोट प्रतियोगिताका लागि एन्फाले खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको थियो।

तर, बिहीबार (आज) एएफसीले प्रतियोगिता २०२१ सम्मका लागि स्थगित भएको घोषणा गरेको थियो। एएफसीको उक्त घोषणासँगै एन्फाले प्रशिक्षण अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएको छ।

एन्फाले १७ साउनबाट सबै खेलाडीलाई काठमाडौं बोलाएर सेल्फ क्वारेन्टाइनमा राखेको थियो। प्रशिक्षण स्थगित भएपछि अब खेलाडीले सेल्फ क्वारेन्टाइनबाटै घर फर्किनेछन्।