Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि च्याम्पियनसिपको प्ले अफ खेल आज हुँदै

इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि च्याम्पियनसिपको प्ले अफ खेल आज हुँदै

२० साउन , काठमाडौं : इंग्लिस प्रिमियर लिगमा बढुवाका लागि आज (मंगलबार) च्याम्पियनसिपको प्ले अफ खेल हुँदैछ । प्ले अफमा दुई लण्डन क्लब फुलहम र ब्रेन्टफोर्ड प्रतिशपर्धा गर्दै छन् । खेल नेपाली समय अनुसार राति १२:३० मा शुरु हुनेछ ।

वेम्बलीमा दुवै टिम जित निकाल्दै प्रिमियर लिगमा बढुवा हुने लक्ष्यमा हुनेछन् । तर, यस खेल त्यतिमा मात्र सिमित छैन । यस खेललाई फुटबलकै सबैभन्दा महँगो खेलको रुपमा लिइएको छ । किनकी यस खेल जित्ने टोलीले बढुवासँगै २० करोड अमेरिकी डलर बढी भित्र्याउने छ ।

यस खेल जित्नेले प्रिमियर लिगमा टेलिभिजन प्रसारण र प्रायोजनबाट २० करोड डलरभन्दा बढी पाउनेछ । तर, पराजित हुने टिमको हातमा सुन्य हुनेछ । पराजित हुने टिम फेरि दोस्रो डिभिजनमै खेल्नु पर्नेछ ।

एजेन्सी