Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दीप बिहीबार बिहानको फ्लाइटमा सिपिएल खेल्न जाँदै !

सन्दीप बिहीबार बिहानको फ्लाइटमा सिपिएल खेल्न जाँदै !

काठमाडौं: नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने बिहिवार बिहान सिपिएलका लागि ट्रिनिडाड एण्ड टोबागो जाने भएका छन्।उनी बिहीवार बिहान १० बजे कोरियन एयरमार्फत कोरियाको सोलहुँदै प्रस्थान गर्ने लामिछानेका म्यानेजर शिवाकोटीले जनाएका छन।

उनका अनुसार उनी त्यहाँबाट अमेरिकाको ट्रान्जिट हुँदै जानेछन्। उनी अगस्ट १ तारिखमा गन्तब्यमा पुग्नेछन्।क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा उनले यसपाला जमैका तहल्लाबाजबाटबाट खेल्ने छन्। जसका लागि उनले १ करोड नेपाली रुपैयाँ भन्दा बढी रकम पाउनेछन्।

लामिछाने त्यहाँ पुगेपछि १५ दिन क्वारेन्टिनमा बस्नेछन्। सिपिएल अगस्ट १५ बाट सेप्टेम्बर १० सम्म हुनेछ। सीपीएलमा जमैकासँगै बार्बेडोस् ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन्। सीपीएलमा कुल ३३ खेल हुने छन्। कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने छन्।

सन्दीप तेस्रो पटक सीपीएल खेल्ने तयारीमा छन्। उनले यसअघि सन् २०१८ मा पहिलोपटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए। त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। उनले सो प्रतियोगितामा पाँच खेलमा सात विकेट लिएका थिए। यस्तै दोस्रो पटक सीपीएल सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट खेले। उनले छ खेलमा आठ विकेट लिएका थिए। सन्दीपले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरेका थिए।