Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बार्सिलोनाका मिडफिल्डर अर्थरले च्याम्पियन्स लिग नखेल्ने !

बार्सिलोनाका मिडफिल्डर अर्थरले च्याम्पियन्स लिग नखेल्ने !

एजेन्सी । बार्सिलोनाका मिडफिल्डर अर्थरले आफू स्पेनिस क्लब बार्सिलोनाका लागि खेल्न नचाहेको बताएका छन् । उनले बार्सिलोनाका लागि खेल्न नचाहेको भन्दै ब्राजिलबाट फिर्ता हुन अस्वीकार गरेको जनाइएको छ ।

ब्राजिलियन मिडफिल्डर अर्थर २०२०–२१ को सिजन इटालियन सिरी ए च्याम्पियन युभेन्टसबाट खेल्नेछन् । अर्थरका लागि जुनमा ७२ मिलियन युरो र थप १० मिलियन युरो बोनससहित युभेन्टसले सम्झौता गरिसकेको छ । तर, बार्सिलोनासँग उनको सम्झौता च्याम्पियनस लिग अभियान समाप्त नभएसम्मका लागि छ ।

बार्सिलोनाले दोस्रो स्थानमा रहँदै ला लिगाको अन्त्य गरेपछि प्रशिक्षक सेटिएनले आफ्ना खेलाडीहरूलाई विश्राम दिएका थिए । त्यसपछि २३ वर्षीय अर्थर आफ्नो मातृभूमि ब्राजिल फर्किएका थिए ।

उनी यस साता कोरोना परीक्षणका लागि स्पेन फिर्ता हुने आशा गरिएको थियो । बार्सिलोना अगस्त ८ मा हुने नेपोलीविरुद्धको अन्तिम १६ को दोस्रो लेगको तयारीमा जुट्दै छ । तर अर्थरले भने क्लबलाई आफू नफर्किने सूचित गरेको जनाएको छ । यता बार्सिलोनाले आफ्नो करार भङ्ग गर्न खोजेको भन्दै उनलाई जरिवाना गर्न सक्ने चेतावनी दिएको छ । तर उनी दृढ भई टोलीमा नफर्किने तर्क दिइरहेको जनाइएको छ ।