Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई पनि कोरोना संक्रमण रहेको पुष्टि !

बार्सिलोनाका पूर्व स्टार जाभी हर्नान्डेजलाई पनि कोरोना संक्रमण रहेको पुष्टि !

बार्सिलोनाका पूर्व स्टार तथा स्पेनका विश्वकप विजेता जाभी हर्नान्डेजलाई कोरोना भाइरस ‘कोभिड १९’ को संक्रमण पुष्टि भएको छ।जाभीले ट्वीटरमा आफूलाई कोराना संक्रमण भएको पुष्टि गरेका हुन्।

हाल उनी कतार अल सद फुटबल टोलीका प्रशिक्षक हुन् र उनी बार्सिलोनाका प्रशिक्षण बन्ने भनेर टिप्पणी भइरहेको छ।कोरोनाको संक्रमण भएता पनि उनको अवस्था सामान्य भएको बताइएको छ। हाल उनी कतारमै छन्।

कतारमा हालसम्म १ लाख ८ हजारमा कोरोना पुष्टि भएको छ। त्यहाँ १६४ को मृत्यु हुँदा १ लाख ५ हजार उपचारपछि स्वस्थ बनेका छन्।कतार सन् २०२२ मा फिफा वश्वकप हुने तय भएको राष्ट्र हो। एजेन्सी