अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले ७ सय गोल पुरा गरेका छन्।यस अगाडिसम्म विश्वमा ७ सय गोल पुरा गर्ने खेलाडी विश्वमा ६ जना मात्र थिए।
मंगलबार राति ला लिगामा बार्साका मेस्सीले एथ्लेटिको मड्रिडविरुद्ध एक गोल गरेसँगै उनी ७ सय गोल गर्ने सातौं खेलाडी पनि बनेका छन्।मेस्सीले देश र क्लब बार्सिलोनामा ७ सय गोल पुरा गरेको जनाएको छ।
हालसम्म ७ सय गोल पुरा गर्ने खेलाडीहरु
१. जोसेफ बिकानः चेक–अस्ट्रियन खेलाडी जोसेफले सन् १९३१ देखि १९५५ सम्ममा क्लब र देशका खेलमा ८ सय ५ गोल गरेका थिए।
२. रोमारियोः ब्राजिलका खेलाडी रोमारियोले सन् १९८५ देखि २००७ सम्ममा क्लब र देशका लागि ७ सय ७२ गोल गरेका थिए।
३. पेलेः ब्राजिलका पेलेले सन् १९५७ देखि १९७७ सम्मा क्लब र देशका लागि ७६७ गोल पुरा गरे।
४. फेरेन्क पुस्कसः हंगेरिका उनले क्लब र देशका लागि सन् १९४३ देखि १९६६ सम्ममा ७४६ गोल पुरा गरेका थिए।
५. जर्ड मुलरः जर्मनीका उनले क्लब र देशका लागि सन् १९६२ देखि १९८१ सम्ममा ७३५ गोल गरेका थिए।
६. क्रिस्टियानो रोनाल्डोः सन् २००२ देखि हालसम्म पोर्चुगलका खेलाडी रोनाल्डोले क्लब र देशका लागि ७२६ गोल पुरा गरेका छन्।
७. लियोनल मेस्सीः अर्जेन्टिनाका मेस्सीले सन् २००५ देखि हालसम्म ७ सय गोल गरेका छन्।