Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

स्पेनका ५ खेलाडीमा कोरोना संक्रमणको पुष्टि !

स्पेनका ५ खेलाडीमा कोरोना संक्रमणको पुष्टि !

स्पेनको शीर्ष दुई फुटबल लिगका ५ खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ। ला लिगाले पाँच खेलाडीमा कोरोना देखिएको पुष्टि भएको बताएको छ।

पाँचमध्ये केही खेलाडी ला लिगाका र केही खेलाडी दोस्रो लिग सेकुन्डाका रहेका छन्। संक्रमित खेलाडीलाई होम क्वारेन्टाइनमा राखिएको छ। र, केही दिनपछि दोस्रो टेस्ट गरिने छ।

जब उनीहरूको दुई कोराना संक्रमण टेस्ट नेगेटिभ देखिन्छ तब मात्र खेलमा समावेश गरिने पनि बताइएको छ।

लिगले प्रशिक्षणमा सहभागी हुन खेलाडीका लागि प्रोटोकलसमेत तयार गरेको छ। यसको अनुसार सुरुमा व्यक्तिगत प्रशिक्षण गराइने छ। त्यसपछि समूहमा प्रशिक्षण हुनेबारे जुन १८ पछि फैसला हुने छ।

प्रशिक्षणमा सहभागी हुन ला लिगाको सर्वोच्च खेल काउन्सिलले रेन्डम टेस्ट गर्न सुभाव दिएको छ। यसबाट कुनै ग्रुपमा सहभागी खेलाडी संक्रमित छ वा छैन पत्ता लाग्नेछ।

लिग अंक तालिकामा शीर्षस्थानको क्याटलान क्लब बार्सिलोनाले शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। त्यस्तै लिगको दोस्रो स्थानमा रहेको रियल मड्रिडले आज(सोमबार)बाट प्रशिक्षण गर्ने भएको छ।

प्रिमियर लिगमा पनि संक्रमित थपिए

इंग्लिस प्रिमियर लिग(ईपीएल) अन्तर्गतको ब्राइटोन क्लबमा एक खेलाडीका कोराना संक्रमित देखिएका छन्। यससँगै ब्राइटोनका तीनमा खेलाडीलाई संक्रमण पुष्टि भइसकेको छ। यसअघि दुई खेलाडीलाई कोरोना पुष्टि भएको थियो।

क्लबका संक्रमित खेलाडीलाई १४ दिन सेल्फ क्वारेन्टाइनमा राखिने क्लबले बताएको छ।

एजेन्सी