एजेन्सी । स्पेनिस ला लिगा क्लब बार्सिलोनाले शुक्रबारबाट प्रशिक्षण थालेको छ । ला लिगाको नियममा रही बार्सिलोनाका खेलाडीहरूले व्यक्तिगत प्रशिक्षण थालेका हुन् ।
स्पेनको शीर्ष डिभिजनका टोलीहरू प्रशिक्षण फर्किने तयारीमा रहेको रिपोर्टमा उल्लेख छ । सामाजिक दूरीको उपायहरू अपनाउँदै खेलाडीहरू व्यक्तिगत प्रशिक्षण फर्किन लागेका हुन् ।
स्पेन युरोपको सबैभन्दा बढी कोरोना संक्रमित देशमध्येको एक हो । तर ला लिगाले यही जुनमा सिजनका बाँकी खेल पुनः सुरु गर्ने योजना बनाएको पुस्टि गरेको छ । बार्सिलोनाले आफ्ना पहिलो टोलीका खेलाडी प्रशिक्षणमा फर्केको घोषणा गरेको छ । टोलीले सामाजिक दूरीको आवश्यकतालाई कायम राख्दै प्रशिक्षणका लागि तीन मैदान छुट्याएको जनाएको छ ।
यसअघि क्लबले खेलाडीहरू आफ्नो प्रशिक्षण पोसाकमा आइपुग्ने र सदा आफ्नो तोकिएको मैदानमा जाने विश्वास व्यक्त गरेका थिए ।