Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ला लिगा : सबै खेलाडीको कोरोना परिक्षण गराएर मात्रै अभ्यासमा फर्काईने

ला लिगा : सबै खेलाडीको कोरोना परिक्षण गराएर मात्रै अभ्यासमा फर्काईने

स्पेनमा यो हप्ता ला लिगा खेल्ने फुटबलरहरुको अभ्यास अघि कोरोना परीक्षण हुने भएको छ। जुन १७ बाट ला लिगा शुरु गर्ने तयारी चलिरहँदा त्यसअघि खेलाडीको कोरोना परीक्षण गर्ने तयारी अघि बढाइएको हो। स्पेन सरकारले पछिल्लो समय लकडाउनलाई केही खुकुलो बनाउदै लगेको छ जसमा सोमबारबाट ला लिगाका लागि अभ्यासलाई पनि छुट दिएको छ। तर अभ्यास अघि खेलाडीहरुको कोरोना परीक्षण गरिने छ।

कोरोनाको कारण मार्च महिनायता फुटबललगायतका खेल गतिविधि बन्द छन्। स्पेनमा कोरोनाको संक्रमणको संख्यामा केही कमी आएसँगै फुटबलरहरुको कोरोना परीक्षण गरेर अभ्यासका लागि मैदानमा उतार्ने तयारी अघि बढाइएको हो।

सुरुवाती अभ्यासमा संलग्न हुने खेलाडी, म्यानेजर,क्लबका कर्मचारी लगायत सबैको कोरोना परीक्षण गराउने तयारी रहेको छ।

लिग आयोजकले क्लबहरुलाई कसरी अभ्यासमा फर्कने भन्ने प्रोटोकल पठाएको छ। एपीले जनाएअनुसर उक्त प्रोटोकल चारवटा चरणमा अभ्यासमा फर्कने तयारीबारे रहेको छ।