Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्व फुटबलरको अमेरिकामा निधन

कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्व फुटबलरको अमेरिकामा निधन

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालका पूर्व फुटबलरको अमेरिकामा निधन भएको छ । नेपालको शीर्ष डिभिजन लिग क्लब फ्रेन्ड्सका पूर्व खेलाडी महेस पन्थीको मंगलबार राति निधन भएको जनाइएको छ ।

उनको इनोभा हस्पिटल भर्जिनीयामा उपचारकै क्रममा निधन भएको हो । नेपालको ए डिभिजन लिग क्लब फ्रेन्ड्सले आफ्ना महान खेलाडी गुमाएको भन्दै दु:ख व्यक्त गरेको छ ।

पछिल्लो समयमा अमेरिकामा बस्दै आएका पन्थी २० दिनदेखि उपचारको क्रममा अस्पतालमा रहेको अमेरिकाबाट संचालमा रहेको एक अनलाइन पोर्टलले लेखेको छ ।