Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित

धुर्मुस सुन्तली फाउण्डेशनले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको काम स्थगित गरेको छ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै तिब्र गतिमा भइरहेको काम सामान्य स्थिति नहुन्जेलसम्मका लागि स्थगित गरिएको हो । एक विज्ञप्ति जारी गर्दै फाउण्डेसनले चैत ९ गतेदेखी सबै काम रोक्न लगेको हो । माघ १६ गते भरतपुर महानगरपालिका र फाउण्डेशनबीच सम्झौता भई रंगशाला निर्माण घोषणा गरिएको थियो ।

विस्तृत गुरुयोजना तयार हुनु अगावै प्रारम्भीक चरणका काम (कम्पाउण्डिङ, साइट क्लीरयन्स, साइट अफिस, गोदाम घर, कर्मचारी आवास, कामदार आवास) बनाउने काम मंसिर अगाडि नै सम्पन्न भइ सकेको थियो । विस्तृत गुरुयोजना ९डिपिआर० तयार भई यही मंसिर १ गतेदेखि उक्त गुरुयोजना अनुसार गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाको काम सुरु गरि चार महिना ८ दिनमा सातवटा क्रिकेट पिच भएको खेल मैदानको ८५ प्रतिशत काम र प्याराफिट संरचनाको तयारी स्वरुप जग खन्ने ९० प्रतिशत काम सम्पन्न भइसकेको छ विज्ञप्तिमा उल्लेख छ । फाउण्डेशनका अनुसार ६४ वटा पिल्लरको लागि फलामको ९रड बंग्याउने, बाँध्ने र पिल्लरको आकार बनाउने० काम पुरा भएको छ । खेलमैदानको पिचमा प्रयोग हुने माटो तनहुँको जामुनेदेखि ढुवानी गरी प्रशोधनको काम पनि गरिसकिएको छ । यस्तै, प्याराफिटको पिल्लरको पिसीसी ढलानको काम करिब ७० प्रतिशत सकिएको छ भने २ मिटर चौडाई र २ दशमलब ३७ मिटर उचाई रहेको ड्रेन तयार भईसकेको छ । जसमा आकाशे पानी संकलन गरीनेछ र खेल मैदानको दुबोको सिंचाईका लागि प्रयोग गर्ने उद्देश्य राखिएको छ ।

नमूना खेलमैदान तयार भई सुचारु अवस्थामा छ । सात हजार वर्ग मिटर बरमुढा प्रजातिको दुबोको नर्सरी तयार पारीएको छ । उक्त दुबो रंगशालाको क्रिकेट खेलमैदानमा सारिनेछ । दश ट्रिपर, चार ट्याक्टर, एक ग्रेडर, एक बुल डोजर, पाँच ब्याक हो–लोडर ९जेसीबी०, दुई एक्जाभेटर, एक रोलर दैनिक प्रयोग भईरहेका छन् । रंगशाला निर्माणका लागि अहिले २ सय ७० जना जनशक्ति कार्यस्थलमा खटिरहेका छन् । अहिले विश्व कोरोना भाइरस ९कोभिड १९० विरुद्ध लडिरहँदा नेपाल सरकारले पनि जोखिमलाई मध्यनजर गर्दै उच्च सर्तकता अपनाउन विभिन्न स्वागत योग्य निर्णयहरु गरेको छ । साथै अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह पनि गरिएको छ । यस्तो अवस्थामा सामान्य जनजीवनदेखि राष्ट्रिय गौरवका आयोजना र परियोजनाहरु समेत प्रभावित भईरहेको भन्दै यसबाट गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अछुतो रहन नसकेको फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेलले बताएका छन् ।

कामलाई तिब्रताका साथ अघि बढाईरहेको अवस्थामा यस अघि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कामदारबाहेक अन्यलाई रंगशाला प्रवेशमा रोक लगाइएको थियो । कार्यस्थलभित्र प्रवेश गर्ने हरेकको ज्वरो नाप्नुका साथै ह्याण्ड स्यानीटाइजरको प्रयोग पनि गरिन्थ्यो । तर, कोरोना संक्रमणप्रति जसरी राज्य संवेदनशील बनेको छ त्यसैगरी हामीले निर्णय लिनु उपयुक्त ठानेको उनको भनाइ छ । रंगशाला निर्माणको काम अझै तिब्र गतिमा अगाडि बढाउने योजना बनाउँदै गर्दा सरकारले २५ जना भन्दा बढी एक ठाउँमा जम्मा नहुन अपिल गरेको छ । रंगशालामा कामदार मात्रै साढे २ सय भन्दा बढी छन् । निर्माण सामग्री, ढुवानीलगायतका कुरामा पनि प्रभाव पर्ने देखिसकिएको छ, बिज्ञप्तिमा लेखिएको छ ।

साथै मानिसको स्वास्थ्य नै सबैभन्दा ठूलो कुरा हो । त्यसैले सबैको स्वास्थ्य संवदेनशीलतालाई दृष्टिगत गर्दै रंगशाला निर्माणको काम केही समय ९सामान्य अवस्था नहुन्जेलसम्म० स्थगित गर्ने निर्णयमा पुगेका छौं, अध्यक्ष कट्टेलले बताए । जनस्तरबाट निर्माण हुने यस रंगशालामा सहयोग पु¥याउने सम्पूर्ण सहयोगी मनहरुप्रति आभार व्यक्त गर्दै आफ्नो स्वास्थ्यको ख्याल गर्नुका साथै सावधानी अपनाउन उनले आग्रह समेत गरेका छन ।