Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आखिर किन रहेनन् त क्रिस्टियानो रोनाल्डो विश्वका १० महंगा खेलाडीको सुचिमा ?

आखिर किन रहेनन् त क्रिस्टियानो रोनाल्डो विश्वका १० महंगा खेलाडीको सुचिमा ?

एजेन्सी । पछिल्लो दशक पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार स्ट्राइकर लियोन मेसीबीच हरेक कुरामा प्रतिस्पर्धा भएको पाइन्छ ।

दुवै खेलाडीबीच खेल मैदानमा मात्र नभई पुरस्कार र मैदान बाहिर समर्थकबीचै प्रतिस्पर्धा हुने गरेको छ । फुटबल विज्ञहरूले पनि रोनाल्डो र मेसीमा को महान् भनेर ठ्याक्कै भन्न सक्ने अवस्था छैन् । तर, पछिल्लो समय दी सनमा प्रकाशित समाचारअनुसार मेसी विश्वका सर्वाधिक महँगा १० खेलाडीको सूचीमा अट्दा रोनाल्डो भने अटाएनन् ।

तर, रिपोर्टमा ट्रान्फर बजारको आधारमा सूची सार्वजनिक गरिएको उल्लेख छ । जसमा खेलाडीको अनुबन्ध समयावधि, क्लब र अन्तर्राष्ट्रिय खेललाई आधार मानेर मापन गरिएको हो ।

यो सूचीमा फ्रान्सेली युवा स्टार तथा पीएसजीका स्ट्राइकर केलियन एम्बाप्पे पहिलो स्थानमा छन् । २० वर्षीय एम्बाप्पेको मूल्य १८९ मिलियन पाउन्ड तोकिएको छ ।

त्यस्तै १५१ मिलियन पाउन्डसहित म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ दोस्रो, १५१ मिलियन पाउन्डसहित पीएसजीका स्ट्राइकर नेयमार तेस्रो, १४१ मिलियन पाउन्डसहित लिभरपुलका माडिओ माने चौथो र १४१ मिलियन पाउन्डसहित लिभरपुलकै मोहम्मद सलाहा पाँचौं स्थानमा छन् ।

टोटनहामका स्ट्राइकर ह्यारी केन छैटौं र म्यानचेस्टर सिटीका केभिन डिब्रुइन सातौं स्थानमा रहँदा बार्सिलोनाका स्टार खेलाडी मेसी १३२ मिलियन पाउन्डसहित आठौं स्थानमा छन् । त्यस्तै बोरुसिया डर्टमन्डका जडोन सान्चो नवौं र बार्सिलोनाका एन्टोनी ग्रिजमन दशौं स्थानमा छन् ।