Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा

कोरोना भाइरसको महामारीपछि विश्व चर्चित फुटबल स्टार क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा बसेका छन् । आफू आवद्ध फुटबल क्लब युभेन्ट्सका डिफेन्डर डेनिली रुगानीमा कोरोनाको पुष्टि भएपछि रोनाल्डोले घरमै क्वारेन्टाइनको नियम पालना गरिरहेको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

हाल डेनिलीको उपचार भइरहेको छ। गत आइतबारमात्र इन्टर मिलानलाई पराजित गरेपछि डेनिलीले एक सामूहिक तस्बिर सार्वजनिक गरेका थिए। उनीसँगै तस्बिरमा रोनाल्डो पनि देख्न सकिन्छ। कोरोना प्रमाणित हुनपूर्व डेनिलीसँग रोनाल्डोसहित अन्य खेलाडीले एकै ड्रेसिङ रुमको प्रयोग गरेका थिए।