Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एभरेष्ट प्रिमियर लिग स्थगित

एभरेष्ट प्रिमियर लिग स्थगित

काठमाडौं : एभरेस्ट प्रिमियर लिग (ईपीएल) तत्कालका लागि स्थगित भएको छ । कोरोना भाइरसको त्रासका कारण ईपीएल आयोजकले अर्काे सुचना नआउँदासम्मका लागि सार्ने निर्णय गरेको हो ।

चैत १ गतेबाट सुरु हुन लागेको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट स्थगित भएको छ । स्टार खेलाडीहरुको समेत सहभागिता रहने लिग विश्वभर फैलिएको कोरोना भाइरसको कारण स्थगित भएको हो । आयोजक जाेरा स्पोर्टसले प्रतियाेगिताका करिब ५ करोड खर्च भएको जनाएको छ ।

याे प्रतियाेगिताका लागि ब्राेडकास्टकाे रकम र खेलाडीका लागि दिने रकम गइसकेकाे बताइएकाे छ । खेलका दाैरान खेलाडी र दर्शकलाइ पर्नसक्ने असरका कारण आयाेजकले प्रतियाेगिताकाे मिति सार्नुपरेकाे जनाएकाे छ ।