Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

खेलाडी तथा दर्शकको स्वास्थ्य भन्दा फुटबल ठूलो होइनः फिफा अध्यक्ष

खेलाडी तथा दर्शकको स्वास्थ्य भन्दा फुटबल ठूलो होइनः फिफा अध्यक्ष

एजेन्सी : विश्व फुटबलको प्रशासकीय निकाय ‘फिफा’ले खेलाडी तथा दर्शकको स्वास्थ्य भन्दा फुटबल ठूलो नरहेको स्पष्ट पारेको छ । कोरोना भाइरसका कारण फुटबल खेल प्रभावित हुन थालेपछि फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले मानिसको स्वास्थ्य कुनै पनि खेल भन्दा महत्वपूर्ण कुरा भएको बताएका हुन् ।

उनले आगामी महिना हुने फुटबल खेलहरु पछि धकेलिन वा स्थगित हुन सक्ने संकेत समेत गरेका छन् । फुटवल खेलाडीहरु जोखिमयुक्त वातावरणमा हुने खेलका लागि चिन्तित रहेको पनि अध्यक्ष जियानीको भनाइ छ ।

उनले भनेका छन्, ‘मानिसको स्वास्थ्य कुनै पनि खेल भन्दा महत्वपूर्ण कुरा हो । खेलाडीहरुले डरका कारण संघहरुमा सम्पर्क गरेका छन् र उनीहरु जोखिमयुक्त वातावरणमा हुने खेलका लागि चिन्तित छन्।’

अप्रिलमा हुने तय भएका अन्तर्राष्ट्रय मैत्रीपूर्ण खेल तथा युरोकप २०२० को छनौटका खेलहरुलाई कोरोना संक्रमणका कारण हुने नहुने अन्योल छ ।