Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

हेमजामा ब्यायम शाला उद्घाटन

हेमजामा ब्यायम शाला उद्घाटन

काठमाडौँ पोखरा महानगरपालिका वडा न. २५ हेमजामा अबस्थीत जैसीचौर खेल मैदानमा निर्माण गरिएको खुल्ला ब्यायम शालाको एक कार्यक्रमका बिच बुधबार उद्घाटन गरिएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका प्रमुख मानबहादुर जि.सीले जन स्तरबाट राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गर्दै थप ब्यबस्थीत गर्न सक्दो सहयोग गर्ने प्रतिबदता ब्यक्त गरे ।

उनले बिकसको कामले गति लिएको बताउदै क्लबले गरेको काम प्रति खुसी ब्यक्त गरे । कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वडा अध्यक्ष सोभाकर तिमिल्सिनाले छोटो समयमा काम पुरा गरेकोमा धन्यवाद ज्ञापन गर्दै बिकास छिटो गर्न जनसहभागिता हुनु पर्ने बताए ।

सो अबसरमा ब्यायम शाला निर्माणमा सहयोग गरेकोमा हेमजा वयलफेर सोसाइटी यु.एस.ए का उपाध्यक्ष गँगा बहादुर थापालाई सम्मान गरिएको थियो ।

दिब्यदृष्टि क्लब हेमजाका अध्यक्ष मनोज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा स्वगत सल्लाहाकार मिन ब. थापाले र सञ्चलन सचिब बिकल थापाले गरेका थिए ।