Shares
Shares
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा हुने शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट शुरु हुदैछ । नयाँ वस्ती युवा क्लवले बि डिभिजन लिग फुटबल खेलका लागी आफ्नाे अफिसियल जर्सी सार्वजनिक गरेकाे छ । शनिबार नयाँ बस्ती युवा क्लवकाे प्रांगढमा एक कार्यक्रम आयाेजना गरी क्लवले आफ्नाे अफिसियल जर्सी सार्वजनिक गरेकाे हाे ।

क्लवका अध्यक्ष राम कुमार तामाङकाे साभापतित्वमा गाेकर्णेश्वर नगरपालिका ५ का वडा अध्यक्ष नारायण सुवेदीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम भएकाे थियाे । कार्यक्रममा बाेल्दै प्रमुख अतिथि सुवेदीले खेल क्षेत्र विकासका लागी आफ्नाे सहयाेग सधै रहने बताए । साथै उनले खेल अवधिभर वडा नं ५ काे व्यानर खेल मैदानमा राखिने पनि उनले जानकारी दिए । कार्यक्रममा गाेकर्णेश्वर नगरपालिका ६ का वडा अध्यक्ष रमेश अर्यालले मन्तब्य मार्फत ए डिभिजनमा उक्लनकोलागी शुभकामना ब्यक्त गरेका थिए । वडा नं ६ ले पनि खेल अवधिभर वडा नं ६ काे व्यानर खेल मैदानमा राखिने बताए ।

कार्यक्रममा नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनि, लुम्विनी कलेजका प्रिन्सिपल रविनचन्द्र काेइराला, फिट वेल गार्मेन्टका मनोज भारती ,शान्ती समाज काठमाडौका सचिब इश्वर पुडासैनी, प्रशिक्षक चेत नारायण श्रेष्ठ, क्लबका पुर्ब अध्यक्ष सुभास पुडासैनी लगाएतको उपस्थिती रहेको थियो। शहिद स्मारक बि डिभिजन लिगमा प्रतिस्पर्धा गर्ने नयाँ वस्ती क्लवलाइ फिट वेल गार्मेन्ट सितापाइलाले खेलाडी जर्सि, लुम्विनी कलेजले अफिसियल ट्रयाक र खेलाडी ट्रयाक दिपक रिसालले प्रायोजन गरेका छन ।
कार्यक्रममा स्वागत मन्तब्य क्लबका फुटवल म्यानेजर बालकृष्ण भुजेलले गरेका थिए । कार्यक्रम संचालन रेडियाेकर्मि तथा क्लवका सचिव चन्द्रमणि गाैतमले गरेका थिए । बि डिभिजनका १२ वटा क्लबको सहभागिता रहने लिगको खेल तालिका यस अघीनै एन्फाले सार्वजनिक गरिसकेको छ । एन्फाका अनुसार बी डिभिजन लिगको शीर्ष स्थानमा पुग्ने एउटा टोली ‘ए’ डिभिजन लिगमा बढुवा हुनेछ भने पुछारमा रहने एउटा टोली ‘सी’ डिभिजनमा घटुवा हुने छ ।

बि डिभिजनमा यस पटक श्री कुमारी र ब्वाईज युनियन सहित श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब र नयाँ बस्ती युवा क्लबले सहभागिता जनाउदै छन् । यसैगरी झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसियसन, पुल्चोक स्पोर्ट्स क्लब र बाँसबारी क्लबले पनि लिगमा प्रतिस्पर्धा गर्ने छन् । बी डिभिजन लिगको उपाधि विजेताले १५ लाख रुपैया पुरस्कार प्राप्त गर्नेछ
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209