Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिता हुने

गोबिन्द तिमिल्सिना

हेमजा, ५ फागुन , गार्डेन युवा क्लबको आयोजनामा दोस्रो गार्डेन कप सेभेन ए साइड फुटबल प्रतियोगिता २०७६ हुने भएको छ । प्रतियोगिता यही फागुन १२ देखि १७ गतेसम्म पोखराको फुलबारी स्थित मणिपाल शिक्षण अस्पतालको खेल मैदानमा हुनेछ ।युवाहरुलाई खेलकुदतर्फ आकर्षित गर्दै स्वस्थ्य र अनुशासित समाज निर्माण गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको हो । प्रतियोगितामा झण्डै ४० टिमको सहभागिता रहने अपेक्षा गरेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम र द्धितिय हुने समुहले क्रमश नगद १ लाख २५ हजार र ७० हजार सहित शिल्ड मेडल प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी सर्वाेत्कृष्ट खेलाडी र गोल किपरलाई नगद ५÷५ हजार सहित ट्रफी प्रदान गरिनेछ भने सेमिफाइनलिष्ट २ समुहलाई नगद रु १० हजार प्रदान गरिनेछ ।

प्रतियोगिता सफल पार्न झण्डै ७ लाख खर्च र ३ लाख बचत हुने अनुमान गरिएको छ ।