Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भिजिट नेपालको लोगो सँगै गुन्यु चोलीको पहिरनमै भयो घलेकीमा म्याराथन

भिजिट नेपालको लोगो सँगै गुन्यु चोलीको पहिरनमै भयो घलेकीमा म्याराथन

लोक तथा दोहोरी गायिका नानु घले परम्परागत ‘घले पोसाक’ लगाएर म्याराथन दौड प्रतियोगितामा सहभागी भएकी छन् । हिजो दोहा बैङ्कको आयोजनामा भएको ‘अल दाना ग्रिन रन -२०२०’ नामक तिन किलोमिटर दुरीको दौड प्रतियोगिता एस्पायर एकेडेमीको पार्कमा आयोजना भएको थियो । उक्त दौडमा लुंगी, चोली, पटुकी माथि घलेकी पारेर कम्मरमा खुर्पेटो भिरेर दौडिएकी थिइन । परम्परागत पोसाक बाहेक उनले भिजिट नेपालको लोगोको हाते ब्यानर समेत लिएकि थिइन् ।

हजारौँ महिला प्रतिस्पर्धी मध्यमा निर्धारित समयमा दुरी पार गरेकी घले उन्नाइसौँ स्थानमा रहेकी थिइन् । जनवरी दशमा टेलिफोन सेवा प्रदायक कम्पनी ओरेडोको आयोजनामा भएको दश किमी म्याराथन पनि निर्धारित समयमै पार गर्दै मेडल प्राप्त गरेकी घलेले नेपाल सरकारको महत्त्वपूर्ण काम नेपाल भ्रमण वर्षको प्रचार गर्न पाउँदा अत्यन्तै खुसी लागेको भन्दै आगामी मार्च २० तारिक फेरी अर्को म्याराथनमा सहभागी हुने कुरा बताइन ।

पूर्व माओवादी लडाकु समेत रहेकी घले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कतार शाखाकी महिला उपाध्यक्ष समेत हुन् । म्याराथनमा सहभागी हुनको लागि विश्व साइकल यात्री खग बहादुर छेत्री, घले समाज दोहा, दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष शक्ति क्षेत्री लगायत अन्य समाजसेवीहरूले सहयोग गरिरहेको कुरा घले ले बताइन बताइन । दौड प्रतियोगितामा सहभागी हरूलाई समेत नेपाल भ्रमण वर्षको निम्तो सहित लोगो वितरण समेत गरेकि थिइन l

तिलु शर्मा पौडेल

दोहा कतार