Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाश मान सिंह नारायण पोखरेलको २०औं स्मृति दिवस कार्यक्रममा बद्रीनारायण धाम

उप प्रधान तथा सहरी विकास मन्त्री प्रकाश मान सिंह नारायण पोखरेलको २०औं स्मृति दिवस कार्यक्रममा बद्रीनारायण धाम

काठमाडौँ, पण्डित नारायण पोखरेलको २०औं स्मृति दिवस कार्यक्रममा नेपाल सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाश मान सिंह बद्रीनारायण धाम पुगेका छन् उनले सम्बोधन गर्दै यस्ता धार्मिक क्षेत्रहरुको संरक्षण तथा काठमाडौंको नजिकमा रहेको बद्रीनारायण धामको लागि आफुले सक्दो सहयोग गर्ने बताए ।

साविक रामकोट गाविस हाल नागार्जुन नगरपालिका वडा नंं ७ दहचोकमा यही वैशाख १९ गतेदेखि बद्रीनारायण मन्दिरको श्री बिग्रह (मूर्ति)को प्राण प्रतिष्ठा तथा धार्मिक अनुष्ठान कार्य भइरहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त राष्ट्रिय धार्मिक सहिद प्रखर बाचक पण्डित स्व. नारायण पोखरेलको द्वन्द्वकालमा हत्या भएको थियो ।

धार्मिक सहिद पण्डित नारायण पोखरेलको नाममा स्थापित नारायण पोखरेल प्रतिष्ठानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रहरुमा विभिन्न धार्मिक अनुष्ठान कार्य गर्दै आइरहेको छ । नारायण पोखरेल प्रतिष्ठानका प्रमुख संरक्षक एवं संकल्पकर्ता वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलले स्थापना गर्नुभएको बद्रीनारायणधाम ऐतिहासिक कलाकारितायुक्त तथा वैदिक विधिअनुसार प्रतिस्थापन गर्न लागिएको हुँदा देशविदेशका साधुसन्त, स्वामी महाराजहरुको उपस्थिति रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले समुद्घाटन गर्नुभएको उक्त अनुष्ठानमा विभिन्न क्षेत्रका साथै स्थानीय क्षेत्रका बौद्धिक, समाजसेवी एवं धार्मिक क्षेत्रका व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको छ । निकै ठूलो धनराशी खर्च गरेर निर्माण गरिएको बद्रीनारायणधाम मन्दिर धार्मिक पर्यटकीय तथा रमणीय क्षेत्रमा अवस्थित छ ।

काठमाडौंको चक्रपथ नजिक टापुमा रहेको स्थानमा धाम निर्माण भएको हुँदा उपत्यकाबासी मात्रै होइन, टाढा टाढाबाट पनि भक्तजनहरुको ओइरो लागेको छ । पवित्र स्थल भूमिमा मन्दिर निर्माण गर्दा नेपाली शील्पकला र पुरातात्विक शैलीको मौलिकरुपमा बद्रीनारायणधाम स्थापना गरिएकोले यहाँको महत्व निकै बढ्दै गएको छ ।

‘कलियुगमा त्यो मनुष्य धन्य हुन्छ, जो बद्रीनारायणधाम जान्छ र दर्शन मात्रै गर्छ’ भन्ने शास्त्रीय उद्गार रहेको बद्रीनारायणधाम प्राण प्रतिष्ठा मूल समारोह समितिका संरक्षक प्रखर वाचक पण्डित दीनबन्धु पोखरेल बताउनु हुन्छ । बद्रीनारायणधामको विधिवत समुद्घाटनसँगै ९ दिने विभिन्न धार्मिक अनुष्ठानका साथै प्रत्येक दिन बिहान ७ बजेदेखि दैनिक रुद्राभिषेक, श्रीमद्भागवत, पाठपुराण, विष्णु सुक्त, गायत्रीजप, गीता, सप्तसती, विष्णुसस्रध्नाम, वेदपाठ, हवन, भक्तिमयी प्रवचन तथा बेलुकी श्रृंगारिक भजन आरती तथा दैनिक प्राण प्रतिष्ठाको कार्य वैदिक विधिअनुसार भइरहेको मूलसमारोह समितिले जनाएको छ ।

२६ गते सम्पूर्ण भक्तहरुको प्राण प्रतिष्ठाः सम्पन्न तथा अतिथि महानुभावहरुलाई सम्मान गरिने मूल समारोह समितिका संयोजक जयराम लामिछानेले बताए । यसैगरी २७ गते समापन समारोहमा दाताहरुलाई सम्मानका साथै वैदिक विधिअनुसार हवन तथा पूर्णाहुती गरिने मूल समारोह समितिका महासचिव डा. विष्णु खनालले बताए । बद्रीनारायणको श्री विग्रह (मूर्ति) जनजनमा औपचारिक दर्शन तथा भगवानमा प्राण जगाउने योजनाका साथ यही २६ गते बिहान ९ बजेर २ मिनेटमा प्राण प्रतिष्ठाको शुभ साइत रहेकोले १९ गतेदेखि २७ गतेसम्म ९ दिन प्राण प्रतिष्ठा कार्यमा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, उच्च पदस्थ कर्मचारीहरु,राष्ट्रसेवक,समाजसेवी साथै बुद्धिजीवि एवं संचारकर्मीहरु लगायत महिला दिदीबहिनीहरुको उल्लेखनीय उपस्थिति रहेको नागार्जुन नगरपालिका वडा नं.७ का अध्यक्ष एवं स्थानीय समारोह समितिका संयोजक शैलेन्द्र लामाले बताए ।