Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम क्षेत्रमा विस्तार गर्‍यो फोरजी सेवा

नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम क्षेत्रमा विस्तार गर्‍यो फोरजी सेवा

काठमाडौँ । नेपाल टेलिकमले मुगु र बाजुराका दुर्गम हिमाली क्षेत्रमा फोरजी मोबाइल सेवा विस्तार गरेको छ। कम्पनीले मुगुको सोरु गाउँपालिका–६ सोरुकोट तथा बाजुराको हिमाली गाउँपालिका–१ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

सोरुकोटमा आयोजित सेवा शुभारम्भ कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी निकायका प्रतिनिधि, नेपाल टेलिकमका प्राविधिक कर्मचारी तथा स्थानीयवासीको सहभागिता रहेको थियो। गाउँपालिका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीयका लागि ऐतिहासिक उपलब्धि भएको बताउँदै सेवाको संरक्षण र आवश्यकता अनुसार विस्तारमा सहयोग गर्ने प्रतिबद्धता जनाए।

बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना, नातीखोलासहित रानिसैन जाने पदमार्गसम्म कभरेज पुगेको छ। त्यस्तै कुवाडी क्षेत्रबाट आसपासका गाउँ र हुम्लाको ताँजाकोट जाने मार्गसमेत फोरजी सेवाको पहुँचमा आएका छन्।

नेपाल टेलिकमका अनुसार फोरजी सेवा सञ्चालनसँगै स्थानीयले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा र एसएमएस सुविधा उपयोग गर्न सक्नेछन्। यसले सूचना, शिक्षा, स्वास्थ्य, सरकारी सेवा तथा स्थानीय आर्थिक–सामाजिक गतिविधिमा पहुँच विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।