Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

बुद्ध हिमालय मा.बि. विधार्थी कल्याण छात्रवृत्ति अक्षयकोष र श्री.बुद्ध हिमालय मा.बि. लाई बिशेष सम्मान सहित विभिन्न बिधामा १२ जनालाई सम्मान गर्दै शैलुङ्गेश्वरी साकोसको नवौं साधारणसभा सम्पन्न

बुद्ध हिमालय मा.बि. विधार्थी कल्याण छात्रवृत्ति अक्षयकोष र श्री.बुद्ध हिमालय मा.बि. लाई बिशेष सम्मान सहित विभिन्न बिधामा १२ जनालाई सम्मान गर्दै शैलुङ्गेश्वरी साकोसको नवौं साधारणसभा सम्पन्न

पछिल्लो समय सहकारी रकमको बिषयमा धेरै खबरहरु बाहिरि रहदा असल बचतकर्ता र असल सहकारी माथि पनि बिभिन्न नकरात्मक असर परिरहेको छ । तर केही सहकारी यस्ता पनि छन जसले बचतकर्ताको रकमलाई सुरक्षित रुपमा बचत गरिरहेका छन । आफनो बार्षिक कार्यक्रमको साथमा सिर्जनशिल कामहरु प्नि गरेका छन ।यसैबिचमा काभ्रेको शैलुङ्गेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ९ औ वार्षिक साधारणसभा शनिबार चौरिदेउराली गाउँपालिका वडा नं. ३ माझिफेदामा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले सहकारीमार्फत कृषि, उद्यम विकास र रोजगारी सृजनाको क्षेत्रमा धेरै गर्न सक्नेब बताएका छन ।

कार्यक्रमको विशिष्ट अतिथि जिल्ला बचत संघ काभ्रेको वरिष्ठ उपाध्यक्ष सागरनाथ कपालीले निति,बिधि र प्रबिधिका साथ सहकारीहरुले काम गरेमा समुदाय नै लाभान्वित हुने भन्दै सहकारीको मर्म,महत्व र उदेश्य बुझेर मात्रै काम गर्न सम्पुर्ण शेयर सदस्यहरुलाई आग्रह गर्नुभयो । संस्थाका सचिव शिब प्रसाद ढुंगेलले साकोसप्रति सदस्यहरूले देखाएको विश्वास र सद्भावले गर्दा नै आज संस्था सदस्यहरूको माझमा पहिचान सहितको सहज, सरल र सुरक्षित संस्था भएर आफ्नो विश्वास कायम गर्न सकेको बताए। शैलुङ्गेश्वरी साकोसको अध्यक्ष बिरबल गौतमको सभापतित्वमा कार्यक्रम भएको थियो ।

सभामा सस्थाको आर्थिक वर्ष २०८०÷०८१ को प्रगति प्रतिबेदन सचिब शिब प्रसाद ढुंगेलले आर्थिक प्रतिबेदन कोषाध्यक्ष बेद प्रसाद गौतमले लेखा तथा सुपरिबेक्षण समितीको प्रतिबेदन संयोजक बिष्णु प्रसाद सापकोटाले प्रस्तुत गर्नु भएको थियो । बुद्ध हिमालयन माबी विद्यार्थी कल्याण छात्रवृत्ति अक्षकोष ११ हजार एक सय १० रुपैया सहित सम्मान पत्र सहित पुरस्कार प्रदान गरिएको थियो । सस्थाको शेयर पुजीं ४ करोड ६९ लाख १६ हजार ३ सय, बचत संकलन ७ करोड ७९ लाख ११ हजार ५ सय, ऋण लगानी १३ करोड ८३ लाख ५२ हजार २ सय ४४ रुपैया, आम्दानी २ करोड ९ लाख ८ हजार, ५ सय ७६ रहेको बताइएको छ। खुद नाफा १ करोड १६ लाख ७ हजार ९ सय ८० रुपैया भएको छ । कार्यक्रममा सस्थामा कारोबार गर्ने उत्कृष्ट बाल बचत कर्ता युनिस सुनार, समिक्षा चौलागाईं, उत्कृष्ट कारोबार बचत कर्ता राजु गौतम, रत्न माया चौलागाईं, जेष्ठ नागरिक सम्मान साङ्गे लामा, माइली तामाङ, उत्कृष्ट ऋणी मनोज श्रेष्ठ, लक्ष्मी गौतम लाई सम्मान गरिएको थियो ।

बाल बचत कर्ताहरु मध्य बाट एसईइ २०८० मा उतिर्ण दुई जना गौरव बहादुर गौतम र उत्सव खड्कालाई सम्मान गरिएको थियो । एसईइमा बुद्ध हिमालय बाट प्रथम हुन सफल सौगात चौलागाईं, छात्राहरु मध्य त्यहीँ विद्यालयमा भर्ना भएकि सुजाता तामाङ लाई सम्मान गरिएको छ । कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष षडानन्द गौतमले राख्नु भएको थियो भने कार्यक्रमको संचालन संस्थाको व्यवस्थापक दिपेन्द्र चौलागाईंले गरेका थिए ।