Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुनको मूल्यमा आज नयाँ कीर्तिमान, अब गहना लाउन पनि मुस्किल

सुनको मूल्यमा आज नयाँ कीर्तिमान, अब गहना लाउन पनि मुस्किल

काठमाडौँ।नेपाली बजारमा आज सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै १ लाख ५६ हजार ३०० रुपैयाँ पुगेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको थियो । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ । यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ । पछिल्लो समय नेपाली बजारमहा मात्रै होईन विश्व बजारमा पनि सुनको मुल्य अत्याधिक बडेको छ । आजभोली सामान्य मानिसहरुले सुन लाउन मुस्कि पर्दै गएको छ । बिशेष गरि नेपाली महिला दिदीबहिनीहरुमा सुनको मोह ज्यादा छ ।

त्यसो त छिमेकी देश भारतमा पनि अन्य देशको तुलनामा ज्यादा सुनका गरगहना लगाउने प्रचलन पनि छ । तर, अमेरिका, चीन ,रसिया,युक्रेन जस्ता मुलुकहरुमा सुनका गहनामा त्यति प्रचलन छैन । सुनको गहना प्रयोगमा नभए पनि आफुलाई शक्तिशाली बनाउन सुनको स्टक बडाएका छन् । लगातार बढेको सुन अझ उकालो लाग्दै छ । अहिले चीन र रसियाले सुनको खरिददारी उच्च दरमा बढाएको आशंका गरिएको छ। सन् २००८ मा विश्वव्यापी मन्दि छाउँदा विश्वका केन्द्रीय बैंकहरूले उच्च दरमा सुन बिक्री गरेका थिएन। पछिल्लो समय भने खरिददारी बढाइरहेका छन्। यसरी सुनको मूल्य वृद्धि हुनुमा विश्वभर आर्थिक मन्दीको सम्भावना, युक्रेन रुसको युद्ध, इजरायल र हमासको युद्ध,अमेरिका, जापान,उत्तर कोरिया लगायतका देशहरुको बड्दो मनमुटाबका कारण सुनको माग र मूल्यमा वृद्धि भइरहेको तथ्यहरु बाहिर आउन थालेका छन् ।

त्यस्तै, अमेरिकाको केन्द्रीय बैंकले छिटोछिटो नीतिगत ब्याजदर वृद्धि गरिरहेकोमा आगामी दिनमा यस्तो परिवर्तन सोही रफ्तारमा नगर्ने देखिएपछि पनि सुनको मूल्यमा आकर्षण बढिरहेको हो । देशको सबै भन्दा बलियो पुजीँ भनेकै सुन हो । लगातार विभिन्न देशमा भईरहेको युद्धले पनि सुनको जोहोमा देशहरु लाग्न थालिसकेका छन् । सुन लाउनका लागी भन्दा पनि आफुहरुलाई सक्षम र बलियो बनाउने हेतुले सुनको कारोबार बडेको छ ।सुन तोलाकै २ लाख पुग्ने अनुमान गरिएको छ ।